बेलका नगरपालिका वडा नं ६ लामिडांडामा आहाल तरि सामुदायिक वनमा समिती चयनको लागि सनिवार भएको आसन्न चुनावमा कमला राई विजयी भएकी छिन।
कमला राईले ७२ मत प्राप्त गरेकी छिन भने उनकी प्रतिद्वन्दी रमा राईले ४४ मत प्राप्त गरेकि थिईन।
कमला राई एमाले निटक उम्मेद्बारी थिइन भने रमा राई नेका निकट उम्मेद्बारी दिएकी थिइन।
१ सय ४० उपभोक्ता रहेको सामुदायिक वनमा १ सय २४ मत खसेको थियो।
निर्वाचन मण्डलमा बेलका नगरपालिका वडा न ६ का वडा अध्यक्ष बसन्त कुमार मगर को संयोजक सदस्यमा सब डिभिजन कार्यालय का प्रमुख धर्म देब ठाकुर ,स्थानीय वन माहासंघका प्रतिनिधि रमण ध्वज राई गरि तीन सदस्य गठन गरि निर्वाचन गराइएको थियो। बेलका नगरपालिका भित्र रहेको सामुदायिक बनमा महिला अध्यक्ष उम्मेद्बार भयर चुनाव भयको यो पहिलो पटक हो ।


