Site icon Our Belaka

बेलकामा ‘खुवालुङ कृषि फ़ार्म’ उद्घाटन,

बैशाख १, बेलका उदयपुर
पछिल्लो समय पुर्वमा निक्कै तातों बहसको रुपमा रहेको किराती समुदायको धार्मिक आस्थाको पबित्र स्थल खुवालुड० कै नामॉकन गरि स्थापना गरिएको ‘खुवालुड० एग्रिकल्चर एण्ड एग्रोभेट प्रालि बेलका ४‘ को आज बैशाख १ गते बुधवार उद्घाटन भएको छ।कार्यक्रममा उपस्थित सबै सहभागिहरुबाट सामुहिक रुपमा माछाको भुरा र बंगुरको पाठापाठी फ़ार्म हाउसको आधुनिक खोर र पोखरीमा लगाएर फार्मको उद्घाटन गरिएको हो।

बेलका नगरपालिका वडा नं ४ बरगाछीमा स्थापना गरिएको कृषि फर्ममा बिशेष गरि बंगुर प्रजनन तथा माछा उत्पादन गरिने संचालक ठहरमान राईले बताए।
उद्घाटन कार्यक्रममा बोल्दै वडा नं ४ का वडाध्यक्ष दिपक दंगालले पछिल्लो समयमा बेलका नगरमा युवाहरु कृषि पेशा तर्फ आकर्षित हुन थालेकोले नगरकाे कृषि योजनाहरु समेत सफल बन्दै गएको धारणा राखे। अध्यक्ष दंगालले वडा कार्यालयबाट आगामी बर्षमा एक थान बिऊ बंगुर फर्मलाई उपलब्ध गराउने समेत बताए।
नेकपा एमाले बेलका नगर अध्यक्ष तथा नगरपालिकाका आर्थिक सल्लाहकार गणेश बस्नेतले कृषि क्षेत्रको उत्पादकत्व बढाउन लागि परेका कृषि उद्धमी युवाहरुलाई नगरपालिकाले सदैब सबैखाले सहयोग गर्दै आएको र भाविदिनहरुमा अझ बढी ध्यान पुर्याउने बताए।अध्यक्ष बस्नेतले बेलकामा युवा राजनिति कर्मिहरु धमाधम कृषि पेशामा जोडिनुले बेलका नगरको आर्थिक सम्बृद्धिमा कृषि क्षेत्रको महत्व झन बढ्न थालेको बताए।
नेपाली कॉग्रेसका नेता तथा जनजाति संघका महामन्त्री प्रशान्त चाम्लिड० राईले बास्तविक किसान राज्यको कृषि नितिमा अझै पनि पर्न नसकेको बताउदै कागजी झोले कृषकहरुले बढी भन्दा बढी फाईदा लुटिरहेको बताए।
नेकपा माओवादी केन्द्रका उदयपुर जिल्ला सचिवालय सदस्य राकेस किरातीले कृषि पेशा सबैभन्दा उत्तम पेशा भएको बताउदै यो फर्म बेलका नगरको मात्र नभई प्रदेश कै नमुना बन्न सफल भएको आफुले हेर्न र सुन्न चाहेको बताए।
जनता समाजवादी पार्टी बेलका नगरका अध्यक्ष सुरेन्द्र खालिड० राईले युवा पुस्ता कृषि क्षेत्रमा प्रबेस गर्नुले देशको आर्थिक सम्वृद्धिलाई समेत टेवा पुर्याउने भएकोले युवाहरु कृषि क्षेत्रमै स्वरोजगार बन्नु पर्ने धारणा राखे।
कार्यक्रममा आदिवासी जनजाति बेलका नगर उपाध्यक्ष खड्ग पाख्रिनले फर्मको सफलता सहितको शुभकामना मन्तव्य राखेका थिए।
फर्म संचालक मध्येका ललित राईले कृषि प्रदान देशमा कृषकहरु नै भोकै बस्ने परिस्थितीलाई निरुत्साहित गर्न कृषि पेशालाई आधुनिकीकरण तर्फ लैजानुका साथै कृषि क्षेत्रको आयात मुखि व्यावसायलाई बिस्थापित गर्न पनि समुहगत रुपमा कृषि कर्मको थालनी गरेको बताए।राईले करिब दुई बिगाहा जमिनमा जग्गा बाहेक २३ लाख रुपैया बराबरको लगानी भईसकेको जानकारी गराए।फर्ममा माछा, बंगुर पाठापाठी उत्पादन तथा कुखुरालाई उत्पादनको पहिलो प्राथमिकतामा राखिएको छ भने अन्य बिस्तारै थप गर्दै लगिने योजना रहेको राईले बताए।
कार्यक्रममा युवा नेता कपील प्रसाद अधिकारी , भोजराज राई(आकास),पत्रकार द्वय भरत घिमीरे, सुमन सागर खतिवडा लगायत स्थानिय गॉउलेको उल्लेखनिय उपस्थिती रहेको थियो।

Exit mobile version