हिराजंग राई/
बेलका नगरपालिका वडा नं ६ पुवारेथुम्कामा ब्याबसायिक रुपमा होमस्टे सन्चालन भएको छ।
पुवारेथुम्काका ७ जना स्थानियलाई ब्याबसायिक होमस्टेको तालिम बेलका नगरपालिका उधम बिकास शाखाले दिएको थियो।
आन्तरिक पर्यटनलाई बढवा दिन साथै आर्गानिक खानाको प्रबर्द्धन गर्ने उदेश्यले ७ वटा होम स्टे सन्चालन ल्याइएको पुवारेथुम्का होमस्टे समितिकी अध्यक्ष कोमल राईले बताईन।
बुधबार होम स्टे उद्घाटन गर्दै बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले स्थानीय लाई ब्याबसायिक बनाई जिबिको पार्जनमा होम स्टेले सहजता ल्याउने बताए।
वडा नं ६ पर्यटकिय क्षेत्रको हिसबले धेरै घुम्न लायक ठाउहरु छन होम स्टेको उचित रुपमा प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक ल्याउन सकिने मेयर थापाले बताए।
नगरपालिकाको नारा बमोजिम स्थानीय लाई आवस्यक परेको तालिम र स्वोरोजगार बनाउन बेलका नगरपालिकाले सबै खाले तालिम र सिपको ब्याबस्था गर्ने नगर प्रमुख थापाले बताए।
आफ्नो घोषणपत्र बमोजिम वडा नं ६ को हरेक क्षेत्रमा बिकासले गति लिएको ६ नं वडा अध्यक्ष वसन्त मगरले बताए। भुगोलको हिसाबले अग्लो र चिसो ठाउँ रहेकोले पर्यटक भित्र्याउन गार्हो नहुने अध्यक्ष मगरले बताए।
टंकेला गुफा, सितारानी भिर,रानी झरना, साथै अग्लो स्थान भएकोले कोशिटप्पुको समेत अबलोकन गर्न सकिने भएकाले आवस्यक प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटकको हबको रुपमा बिकास गर्न सकिन्छ।


