NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

गृह नगर बेलकामा सॉसद राईको आप्पाको अन्त्येष्टि

1 Mins read

बेलकासंवाददाता / बैशाख १०/ उपचारको क्रममा गत बैशाख ६ गते निधन भएका स्वर्गिय ईन्द्रध्वज राईको आज बैशाख १० गते गृह नगर बेलकामा अन्त्यष्टी गरिएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, प्रदेस १ सचिव तथा उदयपुर-२ का सॉसद माननिय सुरेस कुमार राई’हिमाल’ का आप्पा स्वर्गिय राई लामो समय देखि मृगौला तथा मधुमेह रोगबाट पिडीत हुनुहुन्थ्यो ।


स्वर्गिय राईको ८८ बर्षको उमेरमा काठ्माण्डौ स्थित सुमेरु अस्पतालमा गत साता निधन भएको थियो।
स्वर्गिय राईको पार्थिव शरिरलाई आज राति गृह नगर बेलकाको गुरुड०चौरीमा ल्याईएको थियो।
किराती बिधी अनुरूप स्वर्गिय राईलाई किराती समाधी स्थल बदेली सामुदायिक बन क्षेत्रमा राखिएको परिवारले बताएको छ।
स्वर्गिय राईलाई हिजो काठमान्ढौमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड लगायत नेतागणले श्रद्धान्जली दिएका थिए भने गृह नगर बेलका पुगेर प्रदेश नं १ उपसभामुख सरस्वती पोख्रेल’सारदा’ माओवादी पार्टी सह ईन्चार्ज साबित्री कुमार काफ्ले’समर’, राष्ट्रिय सभा सदस्य गोपी अछामी,प्रदेश १ माननियहरु नारायण बुर्जा मगर,कुसुम श्रेष्ठ, कुसल लिम्बु ,उमिता बराईली ,बेलका नगरका मेयर दुर्गा कुमार थापा , त्रियुगा का मेयर बलदेव चौधरी ,नेकपा उदयपुर जिल्ला पार्टी अध्यक्ष बिनोद कट्वाल , पुर्व माननीय मोहन खत्री लगायत जिल्ला स्थित शिर्सस्त नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा अन्तिम श्रद्धान्जली अर्पण गरिएको थियो।

स्वर्गिय राईलाई प्रदेस १ माओवादी पार्टी सह ईन्चार्ज तथा पुर्व राष्ट्रीय सभा सदस्य काफ्लेले पार्टीको झण्डा ओडाएर सम्मान व्यक्त गरेका थिए भने सामाजिक संस्था तर्फ किरात राई यायोक्खा बेलका नगरका अध्यक्ष सुरेन्द्र राई, श्री साकेला यलम्बरहाड० किरात सेवा संस्थाका अध्यक्ष ध्रुबराज राई लगायतले संस्थाको झण्डा र खादा ओडाएर अन्तिम सम्मान दिएका थिए।स्वर्गिय राईले सामाजिक सेवा क्षेत्रमा बिभिन्न सहयोग तथा योगदान गर्दै आउनु भएको थियो ।
स्वर्गिय राईको एक श्रीमती ६ छोरा तीन छोरी रहेका छन्।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *