उदयपुर / उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा ५ जाँते एमाले र काङ्ग्रेस परित्याग गरि करिब २ दर्जन बढी माओवादी केन्द्रमा प्रवेश गरेका छ्न।
वडा पार्टि कार्यालयको उद्घाटन कार्यक्रममा एमाले ओलि समुहका जिल्ला समिति सदस्य वीर बहादुर खड्का को नेतृत्वमा करिब २ दर्जनको हाराहारीमा पार्टि प्रवेश गरेको माओवादी (केन्द्र) लिम्चुङबुङका युवा नेता मनोज बुढाथोकीले जानकारी दिए।
प्रबेश गर्ने मा एमाले बाट वीर बहादुर खड्का, ओलि समुहका वडा कमिटी अध्यक्ष राजेन्द्र राइका साथै, तिलक खड्का, नारद बिक, धनराज कार्की, नेत्रमान कार्की, पार्बती राइ, राम बहादुर बिक, लक्ष्मी बिक, सरिता बिक,केदारमान बिक,हरि बिक,रोहित बिक,
भिम चन्द्र बिक र नेपाली काङ्ग्रेसबाट डिल्लिमान बिक,मान बहादुर बिक रहेका छन।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै जिल्ला सदस्य वीर बहादुर खड्काले आफू हरु माओवादी (केन्द्र) र लिम्चुङ्बुङको स्थानीय सरकारको बिकास मन परेर र प्रवेश गरेको बताए । साथै उनले बिकास समृद्धि लाई साथ दिन माओवादी प्रवेश गरेको समेत बताए ।
माओवादी (केन्द्र) लिम्चुङबुङ ५ नम्बर वडाले बिजय कार्की को अध्यक्षतामा ५५ सदस्यीय वडा कमिटी निर्माण गरेको छ।साथै बैठकले सम्पुर्ण जनबर्गिय संगठनको संयोजक र सह-संयोजक तोकेको छ।
कार्यक्रममा माओवादी केन्द्र का जिल्ला सचिवालय सदस्य कृष्ण निरौला, जिल्ला सदस्य तथा लिम्चुङ्बुङ गाउपालिका प्रमुख मेजर कुमार राइ, युवा नेता मनोज बुढाथोकी, वाइसीएल लिम्चुङ्बुङ इन्चार्ज जन्दिप थापा लगायतका नेता हरुको उपस्थित रहेको थियो।——————————————–को हुन बिजय कार्की? विद्यार्थी राजनीतिबाट नेपाली राजनीति तथा उदयपुरको राजनीतिमा उदाएका कार्की युवा बर्गमा बौद्धिक युवाको सुचिमा पर्छ्न । माक्र्सबादलाइ नजिकबाट बुझेका कार्कि सामाजिक क्षेत्रमा अब्बल मानिनछ्न । अखिल क्रान्तिकारी उदयपुरका उपध्यक्ष रहेका कार्की सङ्ठनका उदयपुर – काठमाडौं सम्पर्क मञ्चमा रहेर अध्यक्ष समेत कुसलतापुर्वक काम गरेका युवा हुन !लिम्चुङबुङमा युवाहरू
मा राम्रो छाप पारेका युवा हुन । गत संबैधानिक कु को विरुद्ध आन्दोलनमा नजिकबाट आन्दोलनको नेतृत्व गरेका कार्कि लिम्चुङबुङ वार्ड न ५ को अध्यक्ष चुनिएको हुन ।


