NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
विचार

कोरोना युवा र राजनिती —- सन्जिब बस्नेत

1 Mins read

कोरोना युवा र राजनिती
करिब ९ महिनाको अवधिसम्म नेपाली समुदाय थुनिएर बल्ल खुल्ला भएको केहि समय पछि नै फेरि कोरोनाको दोस्रो लहरले उपनिवेश भन्दा माथि बढेर नेपाली समाज बन्दको स्थितिमा पुगेको छ। एकतिर कोरोना अनि अर्को तिर भविष्यको त्रास समेटेको जनजिवन प्रभाबित नहुने कुरै छैन । हुन त नेपालमा खुल्ला सिमानाको प्रभाव नै भन्न पर्छ छिमेकी देशमा जुन स्थिति आयो त्यसकै आधारमा यहाँ कोरोना कहर बढ्नु । विगत केही समय अघि भारतमा कोरोना कहर सकियो भनेर जुन रूपले सम्पूर्ण कार्य सञ्चालनमा आए त्यसकै भ्रम भन्ने या राजनैतिक खिचातानीले नेपाली समुदायले कोरोना नै बिर्सिन पुग्यो । जसको परिणामस्वरूप आज यस स्थितिमा गुज्रिन पुग्नु पर्यो । कोरोनो पहिलो झड्काले प्रयाप्त स्वास्थ्य सेवा प्रदान गर्न सक्ने क्षमता भएका संरचना वनाउन पर्छ भनेर पाठ पढाए पनि खै त्यो केवल पाठमै सीमित भएको अहिलेको यस बर्तमान अवस्थाले बोध गरेको छ । राज्यको सत्ता समीकरणमा रम्ने चाहने नेताहरुको व्यक्तिगत स्वार्थको खिचातानीले यस अवस्था सिर्जना गर्यो भन्ने कुरा छर्लङ्ग पार्दछ । तर विडम्बना यती बुझ्दा बुझ्दै पनि हामी न यो परिवर्तन गर्न सकिरहेका छौ न चित्त बुझाउन नै । पहिलो झड्काले सिकाएको पाठमा राज्यको पूर्वतयारी थिएन भन्न सुहायो तर यस लहरमा यदि कोही नागरिक उपचार नपाएर ज्यान गुमाउछ भने त्यसको जिम्मा राज्यले लिन जरुरी छ । कोरोना प्रभावले पक्कै अर्थतन्त्रमा असर गर्यो तर त्यो भन्दा ठूलो प्रभाव देशको भविष्य युवावर्गमा पारेको छ। यही स्थिति रहिरहने हो भने अबको दिनमा हजारौं युवालाई मनोचिकत्सकको आवश्यक रहने कुरा ध्रुवसत्य बन्ने छ । बन्द कोठा भित्र थुनिएर बसेको युवा मस्तिस्कले हुन् त अब के सोच्ने ? भन्ने प्रश्न पनि नउठेको हैन । न त राज्यले शैक्षिक क्षेत्रलाई वैकल्पिक माध्यम अवलम्बन गरेर अघि बढाउन सक्यो गर्यो त बस वैकल्पिक माध्यमबाट कोरोना सिन्डिकेट फैलाएर केही वर्गलाई सात पुस्ता सम्म पुग्ने सम्पति आर्जन गर्ने अवसर सृजना गर्यो। यसरी गुज्रिएको युवापुस्ता बाट हामीले न शैक्षिक विज्ञताको आश गर्न सक्छौ न तिनको स्तरोन्नति । अबको केही समय यसरी नै अघि बढ्ने हो भने अबका युवा सायदै डिप्रेसन विहिन पाउन गाह्रो हुन्छ र यस किसिमको समस्या सहरी भेगको युवामा अझ प्रभवकारी हुने कुरा पनि प्रष्ट छ।
आफूलाई द्रिघकालीन सरकारको रुपमा स्थापित गराउन सक्ने अवसर पाएको यस सरकार पनि संभवतः अब अन्तिम कम्निस्ट सरकारको रूपमा नआउला भन्न सकिन्न । आन्तरिक विवादलाई उत्खनन गर्न कतिपनि अप्ठेरो नलागे पछि अवश्य जनता दोस्रो पंक्तिमा आउने नै भए । यस समयमा सुरक्षित राष्ट्र र यदाकदा खुला सिमाना समस्यामा समाधान तिर आन्तरिक सुरक्षा दर्शाई अस्थायी सीमा सुरक्षाको बन्दोबस्त मिलाउन सके सायद देशले कतै न्याय पाउँथियो की ? राजनीतिक अङ्कगणित नमिल्दा खरबौं रुपैयाँ राज्य ऋणमा डुब्दै छ । अझै पनि चुनौतीलाई अवसरमा परिणत गर्न सके रुपान्तरण गर्न केही अप्ठेरो छैन । गाउँ विकास र युवा लक्षित अभिवृद्धि कार्यक्रम सोही ठाउँमा लान सके सायद देशले काँचुली फेर्ने दिन आउँथ्यो की ?

संजीव वस्नेत
बिद्यार्थी
उदयपुर

Related posts
विचार

बेलका नगरपालिकामा सामुदायिक बिद्यालयको अवस्था -शेखर निरौला

1 Mins read
राज्यले सामुदायिक बिधालयमा लगानी बढाइ राखेको छ तर आज सामुदायिक बिधालय को गुणस्तर झनझन खस्किन्दो अवस्थामा छ।हामी कहाँ चुकी राखेको छौ?? किन…
विचार

नेपालिको दु:ख को मुल कारण विभेद पुर्ण बर्ण ब्यबस्था

1 Mins read
नेपालि को दु:ख को मुल कारण विभेद पुर्ण बर्ण ब्यबस्था बर्ण व्यवस्था ले श्रम लाई चार भाग मा बिभाजन गरेर ,समाज लाई…
विचार

त्यो धान रोपाइँ - एक सम्झना

1 Mins read
हरेक बर्ष बर्खामासले बङ्गालका खाडीबाट मनसुन मात्र लियर आउदैन ,मानो रोपि मुरी उब्जाउने हरिया सपनाहरूलाई पनि साथै लियर आउँछ।असारलागे संगै आकाशमा पुर्ब…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *