बेलका/ ३० बैशाख / दोस्रो चरणको कोरोना भाइरसको लहर चलेसँगै जनप्रतिनिधिहरुले आफ्नो गाडी सर्वसाधारणको प्रयोगको लागि दिने क्रम बढेको छ । यसै क्रममा उदयपुरको बेलका नगरपालिकाकी उप प्रमुख राजकुमारी चौधरीले चड्दै आएको गाडी नगर भित्रका संक्रमित तथा संक्रमितको सामिप्यता तथा सेवामा रहेकाहरुको लागि स्वास्थ्य सेवा पुर्याउन सहज होस् भन्दै कोरोना महामारी रहुन्जेल सम्मको लागि भन्दै मानसिक स्वास्थ तथा प्रथामिक मनाेसामाजिक सहयाेगी टीमलाई स्वास्थ्य सेवा दिन सहज होस भन्दै उपलब्ध गराएकी छिन् ।
यस अघि नगर प्रमुख दुर्गा कुमार थापाले समेत आफ्नो गाडी विषम अवस्थामा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी तथा संक्रमितले बैकल्पिक एम्बुलेन्सको रुपमा प्रयोग गर्ने गरी उपलब्ध गराइसकेका छन् ।
उप प्रमुख चौधरीले आफूले चड्दै आएको गाडी कोभिड-१९ संक्रमणको विषम परिस्थितिमा आफ्ना नगर भित्रका संक्रमित, संक्रमितको सामिप्यता तथा सेवामा रहेका त्यसैगरी लैंगिक हिंसा प्रभावितहरुका लागि मानसिक स्वास्थ्य तथा प्राथमिक स्वास्थ्य सेवा सहयोग गर्ने मानसिक स्वास्थ तथा प्रथामिक मनाेसामाजिक सहयाेगी टीमलाई गाडि हस्तान्तरण गरेकी छिन् ।
साथै उनले सबै नगरवाशीलाई महामारीको यस घडिमा संयम रहँदै महामारीलाई परास्त गर्न अनुरोध समेत गरेकी छिन् ।
उप प्रमुख चौधरीले चड्दै आइरहेकी नगरपालिकाको बा.१ झ. ९३४७ नम्बरको बोलेरो जिप मनोसामाजिक सहयोगी टीमलाई प्रदान गरेपछि यो महामारीको समयमा उनीहरुको सेवामा तत्काल उपलब्ध हुन सहज हुने मनोसामाजिक कार्यकर्ता संयोजक जानुका कार्की दंगाल बताइन । बेलका नगरपालिका यो पटक ४० जनाभन्दा धेरैलाई पोजेटिभ देखिएको र घर घरमा उपचार गरिरहेको हुदा आफुले चडेको गाडी दिएर स्वास्थ तथा मनोसामजिक टिम घर घरमा गयर उचित सल्लाह दिएर बिरामिको मनोबल उच्च बनाउने बिश्वास लिइएको छ ! बिहीबारपनि बेलका नगरपालिकामा ५ जनालाइ पोजेटिभ भेटिएको छ ! सबै नागरिकलाई घर घरमा बस्न नगरपालिकाले जानकारी गराएको छ ।
