NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

चौदन्डिका आगोलागी पीडितलाई तरुण दलको आर्थिक सहयोग

1 Mins read

उदयपुर /८ जेठ / उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नंं. ८ वीरेन्द्र बजार स्थित आगलागी हुँदा ५ वटा घर जलेर ध्वस्त भएको छ । उक्त आगलागीमा स्थानीयको करिव २ करोड बढी क्षतिसमेत भएको छ ।

आज (आईतबार) विहान ३ः२५ बजे कला राईको घरको विद्युत शर्ट भइ आगलागी हुँदा स्थानीय डम्वर राई, विक्रम राई, पद्मा मगर र कृष्ण मगरको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।

आगलागी भएको ५ वटै घरमा किराना पसल भएकोले प्रतिपरिवार ५० देखि ५५ लाखसम्म क्षति भएको प्रहरी तथा स्थानीयले अनुमान गरेको छन ।

। जलेका घरहरू ईटा र काठपात जोडेर बनाईएको घरहरु जस्तापाताले छाएका थिए ।

अचानक भएको आगलागीमा पीडितहरूकाे खाद्यान्न, लत्ताकपडा, सुन चाँदी, नगद रुपैयाँ, फ्रिज, टेलिभिजन, मोवाईल सेटहरु अन्य महत्वपूर्ण कागजातहरुसमेत जलेर नष्ट भएको वडा सदस्य वासुदेव राईले जानकारी दिए ।

मानवीय क्षति नभएको घटनामा स्थानीय केशव नेपाली र लालबहादुर राईको १÷१ वटा मोटरसाईकलमा क्षति पुगेको उनले बताए । स्थानीय, प्रहरी र नगरपालिकाको दमकलले लागोलाई नियन्त्रणमा लिएको हो ।

पीडितहरुमध्ये विक्रम राईको घरमा अर्का मुना राईको परिवारसहित  बस्दै आएका थिए भने कृष्ण मगरको घरमा दाङखाली राई भनिने भूपाल राईको आमाले भाडामा लिइ पसल गरी बस्दै आएका थिए ।

आगोलागि पीडित परिबारलाइ सहयोग गर्ने गरि एक कार्यक्रम गरि तरुण दल चौदन्डी कार्यसमितिले जम्मा एकमुष्ट एक लाख एक हजार पाच सय पचास रुपैयाँ नगरप्रमुख खगेन्द्र राइ कांग्रेस सभापति राजेन्द्र पौडेल लगायत ब्यक्तीहरुको उपस्थितिमा उक्त रकम राहत ब्यबस्थापन समितमा गयर बितरण गरिने बताय राहत ब्यबस्थापन समितिका सम्योजक बिबस चाम्लिङले ! यश कार्यमा आर्थिक सहयोग गर्ने नगरसभापति सन्तोष राई ,जिल्ला नेता दिपेन कोयु पार्टीसभापति ,वार्ड सभापति लगायत सबैलाई धन्यवाद व्यक्त गरेको बताय तरुण दल उदयपुरका नेता उपाध्यक्ष पर्वत दाहालले ।

यश अघि पनि नेपाल विद्यार्थी सङ लगायत धेरै सहयोगि दाताहरुले आर्थिक तथा खाद्यान्न ,सरसामन सहयोग भैरहेको छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *