इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिला दरबन्दी भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) तेज बहादुर दाहाल उदयपुर जिल्ला को वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ रहेकाले उनलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै बैङ्किङ कसुर ,विभिन्न हातहतियार सहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह उनलाई पुरस्कृत गरिएको उदयपुर जिल्ला कार्यालयका प्रमुख भिम बहादुर दाहालले जनाएका छन् ।
प्रहरी निरीक्षक दाहाल यसअघि पनि जिल्ला प्रहरी कार्यलय तेह्रथुममा कार्यरत रहदा उत्कृष्ट प्रहरी निरीक्षक २०७६ बाट सम्मानित भैसकेको हुन ।
