कृष्णमान चौधरी/बेलका/जेठ१०/
बेलका नगरपालिका वडा न १ र २ का बिभिन्न ठाउँहरुमा आज मिति २०८७/२/१० गते सोमबारका दिन कोरोनाको यो विषम परिस्थितिमा यूवा अभियान बेलका नगरपालिका १ र २ को पहल तथा बेलका नगरपालिका वडा न १ पुरन्दहमा अबस्थित विशाल मेडिकल हलको आर्थिक सहयोगमा बेलका न.पा – १ र २ का विभिन्न स्थानहरुमा जनचेतना अभियान कार्यक्रम सप्पन्न गरेको छ।उक्त कार्यक्रम अटोमा स्पिकर राखी प्रचार प्रसार गरिएको हो।
जनचेतना मूलक अभियान कार्यक्रम बे न पा १, पुरन्दह देखि क्रमशः बल्ही,भालमन्ती,आम्बासी हुँदै बेलका न पा वडा न २ का विभिन्न स्थानहरु क्रमशःभेटघाट चौक, गलफडिया,पारुहाङ्ग चोक ,भागलपुर, तल्लो टोल ,नब सृजना रंगशाला , बेल्हा चौकमा समाप्त भएको यूवा अभियानताका संयोजक कुबेर लुइँटेलले जानकारी दिए।
यूवा अभियानता बाट धेरै लामो समयदेखी नै सामाजिक कार्यहरु गर्दे आएको यूवा अभियानताका संस्थापक सल्लाहकार कमल चाम्लिङ राइले बताए।
यसअघि पनि ईलाका प्रहरी कार्यालय रामपुरमा मास्क बाडेको र यूवा अभियानताको पहलमा अबका दिनहरुमा पनि यो परिस्थितिलाई मध्यनजर गर्दै मास्क र सेनिटाइजर जस्ता स्वास्थ्य सामाग्रीहरु सार्वजनिक स्थलमा राख्ने यूवा अभियानता राज शाहले जानकारी दिए।
