NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

शिर्षक : मनको आशा

1 Mins read

हरेक दिनको बिहानी सङै नयाँ आशा जागेर आउछ
अस्पतालको बेड्मा छट्पटीएका बिरामीले अक्सिजन पाउछन् कि भन्ने आशा जागेर आउँछ।

जताततै जनताले शान्तिको गुहार मागिरहदा
देशले नयाँ मुहार फेर्छ कि भन्ने आशा जागेर आउछ।

महामारिले भोकमरी तुल्याइरहदा बिदेशिको राहत भन्दा आफ्नै देशको तराईको अन्न भन्डारले बजार पाओस् भन्ने आशा जागेर आउँछ।

जलस्रोतको धनी मेरो देश ,राजधानीमा मात्र सिमित नभइ
हजारौं मेलम्चीका आयोजना देशभरका निमित्त पुगिदियोस भन्ने आशा जागेर आउँछ।

कयौं वीर ,विरङ्गना जन्मिएका मेरो देशमा
मति भ्रष्ट भएका नेताले अब चाहि उहाहरुको(वीर ,विरङ्गना) त्याग र बलिदानको कदर गरिदिन्छनकी भन्ने आशा जागेर आउछ।

अनि यो बिस्वभर फैलिरहेको माहामारि
एउटा लामो रातमा सुतेर देखेको सपना जो झुट साबित भैदियोस भन्ने आशा जागेर आउँ आउछ

निरु घिमिरे
उदयपुर ,बेलका -०९

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *