NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

केपि ओलिको दोस्रोपटक असंबैधानिक कदम विरुद्ध चौदन्डिमा राके जुलुस

1 Mins read

१३ जेठ / केपी ओली सरकारको असंबैधानिक कदम बिरुद्ध आज चौदण्डीगढी नगरपालिकामा वाइसिएल र नेबिसंघ को नेतृत्वमा राकेजुलुस प्रदर्शन सहित राष्ट्रपती र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ। बर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकले दोश्रो पटक यही जेष्ठ ८ गते राष्ट्रपतीलाई सिफारिश गर्दै प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो सोही अनुसार राष्ट्रपतिले समेत सोही दिनको निर्णयलाई कार्यन्वयन गर्दै संसद बिघटन गरी चुनावको मिती घोषणा गरेसंगै प्रमुख प्रतिपक्षी दल काङ्रेस सहित माओबादी केन्द्र नेकपा एमाले ( माधब समुह ) जसपा (उपेन्द्र समुह ) अन्य राजनीतिदल आन्दोलित सगै सर्बोच्च पुगेको छ्न ! त्यसैरि उदयपुरको बेल्टार बजारमा गरिएको राके जुलुस बिपी चोक र पुष्पलाल चोकको बिच बाट सुरु गरिएको थियो। जुलुस सुरुहुना साथ नेपाल प्रहरी र शसस्त्र प्रहरीले जुलुसमा हस्तक्षेप गरेको थियो यद्धपी आन्दोलनकारीहरुले राको र पुत्ला बजारको पुष्पलाल चोक पुर्याएर जलाएका थिए। पुत्ला दहन पस्चात कोणसभा गरिएको थियो भने कोरोना महामारीलाई मध्य नजर गरेर आजको बिरोध कार्यक्रमको नेत्रित्व गर्ने नेबिसंघ नगर सभापती बिबस चाम्लिङले मात्र
कोणसभालाई सम्बोधन गरेका थिए।
राके जुलुस पछीको कोणसभालाई सम्बोधन गर्दै नेबिसंघ नगर सभापती बिवस राइले बर्तमान सरकारको अलोकतान्त्रिक कार्य सच्याउन जनताले रगत बलिदान दिनु पर्ने भए दिन तयार रहेको भन्दै संबिधान रक्षार्थ जस्तो सुकै लडाईं लड्न तयार रहेको घोषणा गरेका थिए।

त्यसैगरि वाइसिएल चौदन्डी अध्यक्ष तार्जन राइले थप आन्दोलनको कार्यक्रम लियाउने र केपि ओलि को स्वेच्छाचारी प्रबृत्तिको विरुद्ध एक जुट हुन सम्पूर्ण परिवर्तनकारी युवा हरुलाइ आग्रह समेत गरे ।

यसै बिच आजै चौदण्डीगढी नगरपालिकाका प्रतिपक्षी दलका नेताहरुले समेत संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै सरकारको कदमको बिरोध गरेका छन।
कार्यक्रममा चौद्नडिका प्रमुख राजनीतिक दलका प्रमुख ,तरुण ,अखिल क्रान्तिकारी ,युवा संघ समेतको सहभागी रहेको हो ।
यद्यपि देशैभरी बिरोध को कार्यक्रम अगाडि बढिरहेको छ ।
जिल्लामा कटारी ,गाइघाटमा ओलि र रास्ट्रपति विरुद्ध युवाहरू आन्दोलित भएको हुन।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *