जेठ १६, बेलका
बेलका नगरपालिकामा कृयासिल ६ राजनितिक दलले राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्ग प्रसाद ओलीको पछिल्लो कदमको बिरोधमा आज जेठ १६ मा संयुक्त प्रेस बिज्ञप्ती जारी गरेका छन्।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली स्वेच्छाचारी ,निरंकुश र प्रतिगमनकारी भएको ठहर सहित उक्त कदमको घोर निन्दा र भत्सर्ना गर्दछौ ,बिज्ञप्तीमा भनिएको छ।
बिज्ञप्तीमा नेपाली जनताको अॉ़शु , पसिना र रगतले लेखिएको संविधानमा अन्तर्निहित संघिय लोकतान्त्रिक , गणतन्त्र , समावेशी लोकतन्त्र एबम् नेपालको सर्वोपरी राष्ट्रीय हितको रक्षाका लागि दृढतापुर्वक अगाडी बढ्न आम सचेत नागरिकहरुलाई ऐक्यबद्धता हुन हार्दिक अपिल गर्दछौ ,भनिएको छ।
नेपाली कॉग्रेस बेलका नगरका नगर सभापति शुसिल सेढॉई, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मनोज तामाड०, नेकपा एमालेका इन्चार्ज धनपति आचार्य, जसपा नेपालका नगर अध्यक्ष सुरेन्द्र राई,राप्रपा नेपालका नगर अध्यक्ष टिकाराम शर्मा ,र नेकपा बेलका नगरका नगर सचिव सुकदेव चौधरीले जारी संयुक्त प्रेस विज्ञप्तीमा हस्ताक्षर गरेका छन्।संयुक्त गठबन्धनको आज सोमबार बसेको बैठक पछि प्रतिगमन बिरुद्ध प्रेस बिज्ञप्ती जारी गर्ने निर्णय गरिएको र थप भावि कार्यक्रम पार्टीको आन्तरिक सर्कुलर पछि तय गर्दै लैजाने नेकपा माओवादी केन्द्रका बेलका नगर प्रवक्ता ललित राईले बताए।


