रमेस पौडेल / १७ जेठ् / युवाहरुले चाहे के हुँदैन भन्ने प्रमाण अहिले रामपुर परेली नामक फेसबुक ग्रुपका युवाहरुले दिरहेका छन् । परेलीले समाज र गरिव निनुखाहरुलाई सहयोग गरिरहेको छ । सामाजिक सञ्जलमा ग्रुप बनाएर विभिन्न देशमा बस्ने युवाहरुले आर्थिक संकलन गरेर सहयोग गरिहेका छन् । रामपुर परेली नामक ग्रुपमा बेलका नगरपालिकाका युवाहरु रहेका छन् । जसले आज विश्वभर फैलिरहेको कोरोना महामरीको समयमा स्वास्थ्य सामग्रिहरु वितरण गरेर होस या त खाद्यान्न सहयोग गरेर समाजमा निभाउनु पर्ने भुमिका निभाई रहेका छन् । 

केहि दिन अघि बैसाख २८ गते परेलीले बेलका नगरपालिकाको विभिन्न स्थान रमपुर चोक, नगपालिका परिसद, सुपाडे, लालबजार, आम्बासी, कोठु, कोशि पुल गरेर १० ठाउँमा ड्र««म राखेर साबुन पानिले हात धुने व्यवस्था गरेको परेलीका भोलेटियर सविन खड्काले जानकारी दिएका छन् । त्यो सँगै परेलीले बेलकामा भएको जनतालाई कोरानाबाट बच्ने उपाय सिकाउन विभिन्न ठाउँहरुमा व्यानर लगाएको थियो ।
परेली ग्रुपका ५ जना भोलेन्टीयर पिहाङ राई, प्रदिप चौलागाई, राहुल गहतराज, मनोज पान्डे, समि मगर ,सुमन मगर, सागर धमला कोरोनाको कहर नभनि बेलकामा भएका निमुखा सर्वसाधरणको घरमा चामलको बोरा बोकेर पुगी रहेका छन् । उनीहरु चामलको बोरा बोकेर कयै कण्टाको बाटो हिडेर घर घरमा खाद्यान पुराई रहेका छन् । उनीहरुले घरको परीवार हेरेर खाद्यान्न दिने गरेको बताउछन् । अहिले चामल, दाल, नुन, तेल घरघरमा पुराउदैँँ आएका छन् ।
अर्काको देशमा कमाउन गएका युवालाई पनि सुख भने त कँहा होला र तरपनि आफ्नो ठाउँलाई पर्दा ति विदेशिन बाध्य युवाहरु अहिले एक जुट भएर गाउँका निमुखाको लागी दिन रात पसिना बगाएर कमाएको पैसा पठाई रहेका छन् । अहिले सम्म एक लाख ३० हजार परेली ग्रुपका युवाहरुले पठाई सकेका छन् ।
जसमा हङकङबाट कल्पना राईले २० हजार, दुवाईबाट दिपक बस्नेतले १० हजार, नेपालबाट सुमन बस्नेतले १० हजार, मलेसियाबाट दिपा श्रेष्ठले ५ हजार लगाएत विभिन्न देशका विभिन्न युवाहरुले गरेर एक लाख ३० हजार रकम सहयोग भएको परेलीका एडविन उमेश बस्नेत बताउछन् ।
बस्नेत अझ थप्छन् ‘मैले झण्डै एक बर्ष अगाडी बेलका नगरपाकिलाकाको साथिहरुसँग कुराकानि गर्न र बेलकाको गतिविधि थाहा पाउन बनाएको ग्रुप हो, तर अहिले विश्वको परिस्थिति यस्तो छ, हामी युवाहरुले पनि केही गर्न सक्छौँ भन्ने उदाहरणको लागि हामीले यो सहयोग अभियान थालेका हौँ ।’
हामीले यो फिचर तयार पार्दा सम्ममा रामपुर परेली ग्रुपमा १६ हजार भन्दा बढी मेम्मर रहेका छन् । जसमा ११ जना एडविन रहेका छन् । उनीहरुले नै यो गु्रपलाई नियन्त्रण गर्ने गरेका छन् । दैनिक झण्डै सयको हाराहारीमा पोष्ट हुने ग्रुपमा प्राय गरेर मनोरञ्जनका गतिविधिहरु(पोष्ट) भैरहका हुन्छन् । कुनै मेम्मरलाई कुनै पोष्ट वा अन्य कुनैपनि कुरा चित्त नबुझेमा एडविनलाई गुनासो राख्न पाउने छन्, परेलीमा लेखिएको छ ।
विगत केहि समय अगाडी परेली ग्रुपले फोटो प्रतियोगिता गराउदैँ आएको छ । यसको सुरुवाति चरण देखि नै उक्त प्रतियोगिताहरु गराउदैँ आउका थिए । कहिले ५ सय धन राशिको त कहिले एक हाजार धनराशिको, कहिले ५ हजार धनराशिको प्रतियोगिताहरु गराउदैँ आएका छन् । एडविन प्यानको फोटो प्रतियोगितामा १० हजार धनराशि राखेर गराएका थिए, जुन परेलीको फोटो प्रतियोगिताको अहिले सम्मको ठूलो धनराशिको प्रतियोगिता हो । जसमा सुमन बस्नेतले उक्त प्रतियोगिता हात पार्न सफल बनेका थिए ।
प्रतियोगितामा र कोरोना महामारीको बेला खाद्यान सहयोग मात्र हैन अन्य क्षेत्रमा पनि सहयोग गर्दै आएको छ परेली ग्रुपले । अहीले बेलका नगरपाकिलाकाले बनाउन लागेको अक्सिजन पाल्लान्टको लागिपनि परेली ग्रुपले १ हजार ५ सय ५५ सहायोग गरेको एडविन उमेश बस्नेत बताउछन् ।
हामीसँगको कुराकानिमा बस्नेत भन्छन् ‘मैले व्यक्तिगत पनि भचुवाको शिवलय मन्दिरलाई ५ हजार र शुभ विहानी नेपलले फुटबल गेम गराउँदा ५ हजार दिएको थिए, तर मैले त्यो मेरो व्यक्तिग होईन हाम्रो रामपुर परेलीले नै दिएको हो भन्ने गरेको छु ।’
रमपुर परेलीले कोरोनाको करह सकिए पछि बेलका नगरपाकिलामा फुटबल प्रतियोगिता गराउँने योजना रहेको जानकारी दिएको छ । समाजमा यो ग्रुप प्रतिको हेराई परिवर्तन हुँदै गएपछि आगामी दिनहरुमा यसले नयाँनयाँ खालको कार्यक्रमहरु ल्याउदैँ जाने एसविनहरु बताउछन् ।
सामाजिक सञ्जालको ग्रुपहरुलाई जहिले नराम्रो दृस्ठिकोण हेरिन्दै आएकोमा पछिलो समय परेलीलाई हेर्ने दृष्टिकोण समाजमा परिवर्तन हुँदै गएको छ । समाजलाई दुःख परेको बेलामा यहि ग्रुपका मेमरले सघाएको देखेर समाजमा छुटै छवि बन्दै गरेको हो । बेलका नगरपालिकामा पनि विभिन्न सस्थाहरु छन् । आज सामाजिक सञ्जालमा मनोरञ्जनका लागि बनाएको ग्रुपले उदाहरणय काम गरेर देखाएको छ । बेलकाको सवै संघ सस्थाहरु लाग्ने हो भने बेलका नगरपाकिलामा कोही भोकै मर्नु पर्दैन । बेलका नगर सरकारले ल्याएको अक्सिजन पाल्लान्ट छिटै पुरा हुने थियो । सवैले यस विषयमा चासो दिन जरुरी छ ।




