NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

गोर्खा वेल्फियर ट्रस्ट द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

1 Mins read

आवर बेलका/ कोरोना भाइरसको दोस्रो लहर चलिरहेको बेला उदयपुर जिल्ला बेलका नगरपालिका नगर अस्पताल, कोविड १९ अस्पताल र आइसुलेसन सेन्टरलाई गोर्खा वेल्फियर ट्रस्टले स्वस्थ्य सामाग्री औपचारिक कार्यक्रमका बिच बुधबार बेलका नगरपालिकालाई हस्तान्तरण गरेको छ।

बड्दो संक्रमण लाई न्यूनीकरण तथा रोकथाम गर्ने उदेश्यले स्वास्थ्य तथा सरसफाई सामाग्री हस्तान्तरण गरिएको गोर्खा वेल्फियर ट्रस्टका कार्यलय प्रमुख कृष्णमान गुरुङ्गले बताए।

गोर्खा वेल्फियर ट्रस्टले आधुनिक हातधुने ट्याङ्की, मास्क, हेन्ड सेनिटाइजर, डस्बिन, पिपिई, सफाइकर्मिको लागि जुत्ता, फिनेल, लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।

कोरोना माहामारी बाट विस्वनै आक्रान्त भएको अवस्थामा बेलका नगरपालिकाका स्थानिय बासिन्दालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने गोर्खा वेल्फियर ट्रस्ट लाई बेलका नगर प्रमुख दुर्गा कुमार थापाले धन्यवाद ज्ञापन गर्दा सामाजिक सद्भावको क्षेत्रमा गोर्खा वेल्फियर ट्रस्ट सङ्ग हातेमालो गरेर काम गर्ने बताए।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *