Site icon Our Belaka

बेलकालाई चिनाउने थारु संग्रालय

रमेश पौडेल/ बेलका
उदयपुरको बेलका नगरपालिकामा थारुहरुले आफ्नो पैराणीक सामनमहरु संग्रहीत गरेर राखेका छन् । बेलका वडा नम्बर २ बेल्हमा दुई तले भवन बनाई थारु जतिको पुराना सामानहरुलाई संग्रहीत गरेर राखेका हुन् ।
थारुहरुको सामन लोप हुँदै गएकाले संग्रालय बनाएको बताउछन् थारु संग्रालय निर्माण समितिका अध्यक्ष तथा जग्गा दाता मिश्रीकान्त चौधरी । चौधरीका अनुसार संग्रालयमा जाल, झेली, ढिकि, थारुहरुको कपडा, ओख्रि, कठोत, रोरी पकाउने साचो, थोत्रि, हलो, पुरानो पैसा, थारुहरुले लगाउने गहनाहरु लगाएतका सामानहरु रहेको बताउछन् ।
अध्यक्ष चौधरी अझ थप्छन् ‘थारुहरुको सामन जुटाउनु बाकिनै रहेको छ, हामी केहि वर्षमा सम्पुर्ण सामानहरु पुरा गराउँने छौँ ।’
झण्डै एक वर्ष अगाडीबाट सञ्चालनमा आएको संग्रालयमा लकडाउनको कारण अहिले पर्यप्त मात्रामा पर्यटनहरुको आगमन भएको छौन । ०७७ सालको जितिया पर्वको बेला धुमधामका साथ संग्रालयको उत्घाटन गर्ने लक्ष राखिएको थियो । त्यो लक्ष कोरोनाको महामारीका कारण पुरा हुन नसकेको बेलका नगर स्तरीय थारु उत्थान समितिका अध्यक्ष हरीनारायण चौधरी बताउन् ।
हरीनारायणका अनुसार उक्त संग्रालय बन्नमा प्रदेश संसद विमल कार्की, बेलका नगरपाकिलका र स्थानीयको सहयोग रहेको उनी बताउछन् ।
दुई तले भवनमा तल्लो तलामा सभा हल र कार्यलय बनाएको र माथिलो पुरा लतामा संग्रालय बनाएको बताउछन् थारु निर्माण समितिका सदस्य नन्दिलाल चौधरी । उनका अनुसार थारुहरुको जन्मे देखि मृत्यु पश्चात सम्म्को सास्कृतिक चिजहरु संग्रालयमा रहेको दावा गर्छन् ।
“पुरोना सस्कृती छ त्यो लुप्त भएको छ, मान्छे आउछ हेर्छ, जो नायाँ पुस्ता आउछ त्यसलाई चिनाउने देखाउने, यस्तो यस्तो हाम्रो छ त्यसैको लागि यो हाम्रो राम्रो लग्यो, यहाको चिजलाई नेपालीमा अर्को भन्छ, मधेसीमा अर्को भन्छ, हिन्दिमा अर्को भन्छ, हाम्रो भाषमा अर्को भन्छ ।” स्थानीय हरीनारायण शाह भन्छन् ।
“हाम्रो साना नानिहरुलाई हाम्रो पुर्खाको सवैकुराहरु देखेका थिएनन्, यो संग्रालय बनोपछि अब हामीले हाम्रो नानिहरुई देखाउन सजिले भएको छ,” स्थानीय रामप्रसाद सिल्पकार भन्छन् ।
त्यस्तै अर्का स्थानीय नन्देस्वर चौधरी भन्छन् “हाम्रो सस्कृति लुप्त हुन लागेको बेला यो थारु संग्रालय यहाँ बनाएर मलाई यति शुखि लागेको छ कि त्यसको कुनै सिमै छन्, ।”
संग्रालय बनाउन नगर स्तरीय थारु उत्थान विकास मितिबाट चार लाख र प्रदेश नम्बर १ निर्वाचन क्षेत्र विषेश कार्यक्रम अन्तर्गत ४ लाख ९३ हजार आएको थियो । जस अन्तरगत ०७६।०७७ मा यो योजना अघिबढाई भवन निर्माण भएको हो ।

Exit mobile version