NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बराहक्षेत्रमा १२५ केजी गाँजा बोकेको गाडी सहित २ जना पक्राउ

1 Mins read

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले गाजा सहित २ जनालाई पक्राउ गरि सार्बजनिक गरेको छ।

बराहक्षेत्र नगरपालिका वडा नं.१ चतराबाट सप्तकोशी बाँध हुँदै प्रकाशपुर तिर लैजाने क्रममा बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ शुक्रबारेमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले १२५ केजी गाजा बोकेको गाडी एक थान मोबाइल एक थान नक्कली पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका वडा नं.६ चक्रघट्टी बसपार्क बस्ने २३ को भुपेन राय र रामधुनी नगरपालिका वडा नं.७ चौसठी बिघा बस्ने वर्ष २५ को अमिर लिम्बु लाई ईलाका कार्यालय महेन्द्रनगरको टोलि पक्राउ गरेको प्रमुख पाण्डव राजवंशीले वताए ।

आज २२ गते राती करिब १ बजे ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चतराबाट आईरहेको को२च ११२ नम्बरको मारुती भेन र को २९ प ३५०२ नम्बरको मोटरसईकललाई नियन्त्रणमा लिई चेकजाच गर्ने क्रममा भेनबाट लागूऔषध गाँजा १२५ के.जि र सिटमा राखिएको अवस्था १ थान नक्कली रिवलबल पेस्तोल सहित फेला परेको राजवंशीले बताए ।

सवारी साधनहरु समेतमा तलासी लिँदा अमिर लिम्बुले लगाएको सेतो जिन्सको ज्याकेटको बाँयातर्फक भित्री गोजीमा गाँजा जस्तो देखिने २५ ग्राम बस्तु कागजमा पोको बनाई राखेको तथा उक्त को.२ च. ११२ नम्बरको मारुती भ्यान भित्र ४ ओटा सेतो र १ ओटा पहेलो रङगको प्लाष्टिक भित्र सेतो प्लाष्टिकमा पोको बनाई राखेको प्रतिबन्धित लागू औषध (गाँजा) फेला परी तत्कालै मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा जम्मा १२५के.जि. रहेको । उक्त मारुती भ्यानको अगाडी बाँयातर्फको डिकी भित्र नक्कली जस्तो देखिने रिभल्भर थान-१ र भुपेन रायको साथबाट स्याम्सुङ कम्पनीको थान १ मोवायल समेत फेला परेको थप आवश्यक अनुसन्धान भई रहेको छ भने उक्त गाजा करिब २२ लाख ५० हजार बराबरको मुल्य रहेको समेत बताए(बराहदर्पण बाट)

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *