बेलका स्वतन्त्र युवा समाजले बेलका वडा न-९ रामपुर बजार र वडा नम्बर ४ लालबजारमा सरसफाई कार्यक्रम गरेको छ।आफ्नो स्थापनाको एक हप्तामै संस्थाका पदाधिकारिहरु,जनप्रतिनिधि ,प्रहरी र स्थानियको सहयोगमा बेलका स्वतन्त्र युवा सञ्जालले सरसफाइ कार्यक्रम गरेको हो। सनिवारको मौका पारेर स्वतन्त्र सन्जालले सरसफाइ गरेको र यश सस्थालाइ अगाडि बढाउन वार्ड बाट र ब्यक्तीगत रूपमा जस्तो सुकै सहयोग गर्ने बताय वर्ड अध्यक्ष दीपक दङ्गालले ।त्यसैगरी संस्थाका सल्लाहाकार दिनेश सिवाकोटिले पनि संस्थाले बेनपाको बिकास र समाज सुधारमा महत्वपुर्ण भुमिका खेल्ने बताए।
समाजमा ब्याप्त भस्ट्चार,दुरुपयोग ,लागुऔषद दुर्ब्यसन, ,अनियमिता, छुवाछूत , लगायत स्थानीय जनताको समस्यालाई सम्बोधन गर्नको लागि राजनीतिभन्दा माथी उठेर काम गर्न अनुरोध गरे स्थानीय युवा नेता तथा पत्रकार भरत घिमिरेले ।
स्थापन सगै सस्थालाइ विभिन्न ठाउँबाट सहयोग हुँदै र सहयोग गर्ने प्रतिबद्धता आएको छ । बेलका नगरपालिकाको हरेक कुरा खबरदारी र गलत कुरालाइ जनता माझ लैजाने र राम्रा कुरालाइ प्रचारप्रसार गर्ने बताय सस्थाका अध्यक्ष राजिब तिमिल्सिनाले ।
त्यसै गरि कार्यक्रम संचालनका क्रममा नबराज भट्टराईले बोल्दै यो बेलका स्वतन्त्र युवा समाजमा बेनपा भरिका युवाहरु समेटेर सामाजिक कार्यमा अगाडि बढ्ने बताए । यश कार्यक्रममा सहभागी सम्पुर्णलाई धन्यवाद व्यक्त गरेको बताय सस्थाका सचिव मनोज पान्डेले । र अब छिटै अन्य कार्यक्रम लियर आउने बताए !


