Site icon Our Belaka

नर बहादुर कर्मचार्यको आठौ स्मृति दिवस इटहरीमा सम्पन्न

नेपाल कम्युनिस्ट पाटी का संस्थापक नेता नर बहादुर कर्मचार्यको आठौ स्मृति दिवस आज इटहरीमा सम्पन्न भएको छ। क पुस्पलालको नेतृत्वमा ,नारायण बिलास जोसि,निरन्जन गोबिन्ध बैध ,नर बहादुर कर्मचार्यले १९४९ अपिल २२ मा कलकत्तामा नेकपाको स्थापन भएको थियो । संस्थापक मध्येका एक नर बहादुर कर्मचार्यको जन्म १९८1 साल कात्तिक १४ गते ललितपुर जिल्लाको झपाटोलमा भएको थियो भने वहाँको देहान्त २०७० साल साउन ९ गते ८९ बर्सको उमेरमा भएको थियो । राणा बिरोधि आन्दोलनको प्रेरणा बाट कम्युनिस्ट आन्दोलनमा लाग्नु भएका कर्मचार मजदुर संगठनको सस्थापक अध्यक्ष ,नेकपा एकता केन्द्र को संयोजक हुँदै नेकपा माओवादी केन्द्र का संरक्षकको रूपमा आजिबन नेपालको लोकतान्त्रिक एब बामपंथी आन्दोलनमा सकृय रहनु भयो। उनै कर्मचार्यको स्मृति मा आज नर बहादुर कर्मचार्य स्मृति प्रतिस्ठान सुनसरीको आयोजनामा कार्यक्रम समपन्न भयो। कार्यक्रम को अध्यक्षता निर्मल बरालले गरेका थिय भने प्रतिष्ठानका केन्द्रिय माहासचिब प्रल्लाद बुढाथोकी,मजदुर नेता भानु मैनाली,नेकपा माओवादि केन्द्रका सुनसरी अध्यक्ष योगेन्द्र प्रसाद मन्ड्लले,नेपाल पत्रकार माहासंघका सुनसरी अध्यक्ष जनकऋषि राई संस्थापक नेता कर्मचार्यको ब्यक्तितब बारे प्रकाश पारेका थिए । कार्यक्रम मा संस्थापक नर बहादुर कर्मचार्यको संक्षिप्त जिबनी प्रतिष्ठानका सुनसरी उपाध्यक्ष पुस्प ढुगानाले प्रस्तुत गरेका हुन । कार्यक्रम सन्चालन सचिब बहादुर सिङ तामाङ्ग र स्वागत खगेन्द्र ओलिले गरेका थिय । प्रतिष्ठाले विविध शैक्षिक एब सामाजिक कार्यक्रम गर्दै आएको छ,हाल सुनसरीको इटहरीमा नर बहादुर कर्मचार्य बहुप्राबिधिक शिक्षालय मार्फत विद्यार्थीलाई सर्ब सुलभ एब गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ,अगामी दिनमा कार्यक्रमलाई देशब्यापी रूपमा बिस्तार गर्दै लाने नीति प्रतिष्ठानले लिएको छ।

Exit mobile version