NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलका नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

1 Mins read

” उत्पादनमा समर्थन, पुर्वाधार प्रवर्द्धन ” भन्ने मुल नाराका साथ उदयपुर जिल्ला बेलका नगरपालिकाको आर्थिक बर्ष ०७७/०७८ को बार्षिक समीक्षा तथा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई शुक्रबार बेलका नगर सभाहलमा सम्पन्न भएको छ।

बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाको अध्यक्षमा शुरु भएको कार्यक्रममा नगर उप प्रमुख राज कुमारी चौधरी, शाखागत कर्मचारी, जनप्रतिनिधि, र स्थानियको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको हो।

बेलका नगरपालिकामा सन्चालित बिषयगत शाखाहरुले आ आफ्नो कामको प्रगती विवरण प्रस्तुत गरेका थिए।
कामको प्रगती प्रतिवेदन प्रस्तुत गर्दा सवै भन्दा बढी न्यायीक समिती बाट ८५.७५ प्रतिशत कार्य सम्पादन भएको छ।
आ.ब ०७७/०७८ मा प्रस्तावित आय ७२ करोड ७८ लाख १२ हाजर १ सय ४७ मा जम्मा कुल वास्तविक आय भने ६३ करोड ६ लाख ३ सय ८३ रुपैयाँ आम्दानी भएको हो।

चालू खर्चमा बिनियोजित ४५ करोड ३० लाख ८६ हजार ९६ रुपैयाँ मध्ये ३८ करोड ७८ लाख ७६ हजार ९ सय ६ रुपैयाँ (८६%) रकम खर्च भएको छ त्यस्तै पुंजिगत खर्चमा बिनियोजित कुल रकम २७ करोड ५६ लाख २६ हजार ५० रुपैयाँ मध्ये २० करोड ९७ लाख २ हजार ३ सय ७५ रुपैयाँ (७६%) रकम खर्च भएको छ। चालू र पुंजिगत रकम बाट कुल खर्च भने ८२% भएको छ।

कार्यक्रममा उपस्तिथ नागरिकले नगरपालिकामा भएको विभिन्न कार्यक्रम ,योजना, बारेमा प्रस्न राखेका थिए जसमा शाखागत कर्मचारी र नगर प्रमुखले प्रती उत्तर दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख दुर्गा कुमार थापाले उपस्थितले राखेका जिज्ञासाको सम्बोधन गर्दै समृद्ध बेलका नगरपालिका निर्माणमा गर्न भुमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिदै बेलका नगरपालिकाले सबै शाखागत कार्य योजनाको धेरै काम सम्पन्न भएको बताए।
सडक निर्माण , कालोपत्रे , शिक्षामा गुणस्तर र प्रबिधिमैत्री , कृषिमा उत्पादन र उत्पादकत्व बढाउन आधुनिक यांत्रिकिकरण सन्चालन, कोल्ड स्टोर सन्चालन, नगर अस्पताल , आँखा अस्पताल , सर्पदस उपचार केन्द्र सन्चालन , उधम बिकास शाखा मार्फत उधमी उत्पादन आधुनिक उधोगका लागि उपकरण हस्तान्तरण लागयतका काम बेलका नगरपालिकाले सन्चालन गरेको समेत नगर प्रमुख थापाले बताए।
कार्यक्रममा बेलका नगर उप प्रमुख राज कुमारी चौधरिले स्वागत मन्तव्य राख्नु भएको हो।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *