Site icon Our Belaka

कुमारी बैंक द्वारा बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई ३ लाख सहयोग

कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई रु ३ (तीन)लाख सहयोग गरेको छ।
शुक्रवार औपचारिक कार्यक्रमका बिच बेलका नगर सभाहलमा नगर प्रमुख दुर्गा कुमार थापा र उप प्रमुख राज कुमारी चौधरिलाई बेलका शाखाले चेक हस्तान्तरण गरेको हो। बिगत ३ बर्ष देखि सेवा सन्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्दै सामाजिक उतरदायित्व अन्तरगत अक्सिजन प्लान्टलाई आर्थिक सहयोग गरेको कुमारी बैंक बेलका साखा प्रमुख अमित झा ले जानकारी दिएका छन।

बेलका नगर प्रमुख दुर्गा कुमार कुमारी बैंक बेलका साखालाई धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखेको बताए।

बैंकले देशभर रहेका १ सय ९२ शाखा सञ्जाल, १ सय ५६ एटिएम, १३ एक्टेनशन काउन्टर लगायत २३ वटा शाखारहित ईकाई मार्फत अत्याधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ।

Exit mobile version