Site icon Our Belaka

बेलकामा cp सरको सजिलो अङ्ग्रेजी टिप्स अब युटुबमा

मनोज पान्डे/ बेलका नगरपालीका वार्ड न -८ निवासी चन्द्र बहादुर पौडेल (cp sir)ले यु ट्युब को माध्यम बाट अङ्रेजी सिकाउदै आएका छन।
मेजेर अङ्रेजी बाट ब्याचुलर डिग्री गरेका पौडेल हाल बेलका नगरपालीका रामपुर बजार मा रहेको पब्लीक एकेडेमी मा अङ्ग्रेजी शिक्षक को रुपमा कार्यरत छन।
पौडेलले हाल सम्म बिभिन्न बिधालयमा ८ बर्ष सम्म अङ्ग्रेजी बिषय अध्यापन गराइ सकेका छन। उनले अमेरिकन र ब्रीटिस दुबै भाषाका लागी ३ बर्ष तालीम समेत लीएका छन। हाल उहा knowledge vandar नामक युट्युब च्यानलमा अङ्ग्रेजी छिटो छरितो र सहज ढंगले सबैले बुज्ने गरी युट्युब बाट अङ्ग्रेजी भाषा सिकाइ रहेका छ्न।

अहिले लकडाउन को समयमा अङ्ग्रेजी भाषा सिक्न चाहाने जो कसैका लागी पनी उनको युट्युब च्यानल प्रभावकारी भएको उनले बताएका छ्न।।अहिले सम्म लगभग १००० भन्दा माथी सस्क्राइब रहेको उनको च्यानल बाट धेरै भन्दा धेरैले सजिलै अङ्ग्रेजी सिकीसकेको उनको दाबी छ। बेलका नगरपालीका कै अङ्ग्रेजी मा अब्बल cp सर ले अगामी दिन मा धेरै भन्दा धेरै अङ्ग्रेजी सिक्न चाहाने लाइ युट्युब को माध्यम बाट अंग्रेजी सिकाउने बताएका छन।

Exit mobile version