Site icon Our Belaka

बेलका माछा सहकारिले निर्माण गरेको पोखरिमा लगाइयो माछा

बेलका नगरपालिका वडा नं २ रामनगरमा करिब ३० हेक्टर जग्गामा निर्माण गरिएको माछा पोखरिमा उन्नत जातको माछा लगाइएको छ।
बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाको उपस्तिथिमा बेलका माछा सहकारिले निर्माण गरेको पोखरिमा कमन, लिभर, लगायतका ७ प्रकारका उन्नत जातका करिब २ लाख ३५ हजार माछाका भुरा लगाइएको छ।

पशु सेवा बिज्ञ केन्द्र उदयपुरको ४५ लाख बेलका माछा सहकारीको ४५ लाख र बेलका नगरपालिका बाट १ लाख गरि ९६ लाख रुपैयाँमा ३० हेक्टर क्षेत्रफलमा ३१ वटा पोखरी निर्माण गरिएको छ।

बेलका नगरपालिकालाई माछाको हबको रुपमा बिकास गर्दै माछाको लागि बेलका आत्मनिर्भर हुने बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले बताएका छन।यस क्षेत्र भन्दा बाहेकका क्षेत्रमा पनि माछा पालन भै रहेकोले माछाको लागि बेलका नगरपालिका नमुना रहेको मेयर थापाले बताए।

सहकारी गठनगरि पोखरी निर्माण सङै उन्नत जातका माछाका भुरा लगाइएको र थप माछाका भुरा लगाउन चांडै शुरु गर्ने बेलका माछा सहकारी संस्थाका अध्यक्ष अशोक कार्किले बताए।

Exit mobile version