उदयपुर बेलका नगरपालिका–५ गलेनी स्थित मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्युु भएको छ । प्रदेश १–०२–०४१ प १८०८ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा स्थानीय ८० वर्षीय राम बहादुर श्रेष्ठको मृत्यु भएकोे हो ।
हिजो बेलुका ५:३० बजे मोटरसाईकल दुर्घटना भएको थियो । उक्त दुर्घटनामा गम्भिर घाईते भएका श्रेष्ठको बेलका अस्पतालमा उपचार हुन नसकेपछि धरान घोपामा उपचारको क्रममा बेलुकि ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मोटरसाईकल चालक सुनसरी रामधुनी नगरपालिका–३ झुम्का का २४ वर्षीय रोयल कुमार चौधरी र पछाडी सवार सोही स्थानका -२४ वर्षीय सुरज कुमार चौधरी समेत समान्य घाईते भएका छन् । स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात चालक र मोटरसाईकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बेलका नगरपालिका भित्र अत्यधिक मात्रमा सवारी दुर्घटनामा मोटरसाइकल पर्ने गरेको छ ।
