बेलका नगरपालिका वार्ड नं ८ कुॅग्रिवा सामूदायिक बन उपभोक्ता समूहको कार्यक्षेत्र नुन चटुवा स्थित खालीरहेको जग्गामा खयर जमुना र सिमल जातको करिब ५५० ओटा बृक्षारोपन गरियको छ।
२५३ घर धुरी भएको सामुदायिक बनमा विभिन्न समयमा जिविकोपार्जन सम्बन्धि आय आर्जनको काम गर्दै आएको हो भने अब छिटै बास रोपिने बताय उपभोक्ता तथा महाकाली टोल बिकासका अध्यक्ष अर्जुन राइले ।

पर्यापर्यटकलाई आकर्षण गर्न र हरित अर्थतन्त्र विकासमा टेवा पु¥याउँदै दिगो विकासको लक्ष्य हासिल गर्न वृक्षरोपण कार्यक्रमलाई प्राथमिकता दिएका हौं,” उनले भने, “वृक्षरोपण अभियानले आर्थिक पर्यावरणीय विकासलाई मुख्य टेवा पु¥याउने छ ।
हाल यश सामुदायिक बनमा अध्यक्ष ढ्क ब राई सचीव सावित्री थापा कोषध्यक्ष सर्मिला मगर रहेका छ्न।
नदी उकास जमिनमा विरुवा रोपन सुरु गरिएको छ । वन, वातावरण, चुरे संरक्षणका लागि तथा “हरित अभियान” अगाडि बढाइने बताय अध्यक्ष राइले ।



