कृष्णमान चौधरी /बेलका /भदौ १२
“कृषि र पशुमा लगानी,ल्याउछ सुनौलो बिहानी” भन्ने मूल नाराका साथ बेलका नगरपालिका वडा न २ स्थित नव सार्वजनिक यूवा क्लबको भबनमा ५ दिने कृषि सहुलियत ऋण कर्जा सम्बन्धि तालिम आज मिति २०७८/०५/१२ गते सनिवार सप्पन्न भएको छ।राष्ट्रिय कृषक समूह महासंघ र केयर नेपाल सामर्थ्य परियोजनाको सहयोग तथा नव जागरण कृषि समूहको आयोजनामा सो कार्यक्रम भएको हो।
कार्यक्रममा प्रमुख आतिथ्यको रुपमा बेलका नगरपालिका वडा न २ का वडा अध्यक्ष मिश्रिलाल चौधरी,अतिथिहरु बेलका नगरपालिका वडा न २ का कृषि प्राबिधिक रन्जना कार्की,बेलका नगरपालिका वडा न १ र २ का पशु प्राबिधिक सुबास बिष्ट,नव सार्वजनिक यूवा क्लबका प्रतिनिधि नवीन कुमार चौधरी को उपस्थितिमा कार्यक्रम समापन भएको हो ।
कार्यक्रममा बेलका न पा वडा न.- २ का वडा अध्यक्षले उद्यम कृषि सिकाइ केन्द्र सन्चालन वडा न २ मा हुँदा खुशी महसुस गरे । उहाले बिगतका दिनहरुमा पनि कृषि क्षेत्रहरुमा यहाका कृषकहरुले राम्रो आम्दानी गर्दै आएको र यो कार्यक्रमले थप अझ मद्दत मिल्ने जानकारी गराए ।
बेलका नगरपालिका वडा न २ अन्तर्गत ४ ओटा समूहबाट सहभागी ४४ जनाले तालिम लिएको कार्यक्रमका सभाध्यक्ष तथा नव जागरण कृषि समूहका अध्यक्ष नन्दिलाल चौधरीले जानकारी दिए।अध्यक्ष चौधरीले यो कार्यक्रम प्रभावकारी भएको र कृषकहरुले आफूले पाएको सिपको सहि सदुपयोग गर्ने बताए ।
आगामी दिनहरुमा अझ नयाँ आधुनिक खालका कार्यक्रम आउने कार्यक्रमका प्रशिक्षक तिलक बहादुर राइले जानकारी दिए। कार्यक्रम संचालन स्थानीय हरि नारायण चौधरीले गरेका थिए ।
