Site icon Our Belaka

अनेरास्ववियू (क्रान्तिकारी)को प्रथम चौदन्डिगडि नगर सम्मेलन सप्पन्न

अनेरास्ववियू (क्रान्तिकारी)को प्रथम चौदन्डिगडि नगर सम्मेलन सप्पन्न भएको छ । नेकपा माओवादी केन्द्र एक नम्बर प्रदेश कमिटी सदस्य राजन किराती (बासु) को प्रमुख आतिथ्यमा र अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज भरत घिमिरेको विशेष आतिथ्यमा सम्पन भएको हो ।
देश संघीयतामा गैसकेपछि अखिल क्रान्तिकारीले आफ्नो सङ्ठन बिस्तारलाई तीब्र पारेको छ। केन्द्रिय सम्मेलन यहि असोज ८-१० सम्म काठमाडौं गर्ने भएको छ ।
प्रथम नगर भेलामा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य राजन किराति(बासु) अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य भरत घिमिरे , माओवादी केन्द्र जिल्ला कमिटीका सदस्य तथा चौदन्डीगडि इन्चार्ज कुमार खड्का , स्थानीय नेता पुर्व विद्यार्थी नेता दिनेश राई,मबिराज राइ , कुमार राई , पासङ राई ,बिजय कार्की , राजेस लामिछाने जिल्ला स्तरीय विद्यार्थी नेताहरुको उपस्थितिमा पार्टी कार्यलयमा सम्मेलन गरिएको हो।
करिब १५० भन्दा धेरै क्रान्तिकारी विद्यार्थीहरुको उपस्थितमा बेल्टारमा प्रथम सम्मेलन भएको हो ।कार्यक्रममा स्थानीय पार्टी नेता दिनेश राइले महत्त्वपूर्ण भनाइ राखेका हुन भने प्रमुख अतिथि किरातिले पनि पार्टीको र विद्यार्थी राजनीतिको बारेमा महत्त्वपूर्ण भनाइ राखेका हुन । विशेष अतिथि घिमिरेले विद्यार्थी सङ्ठन अबको कार्यभार र राष्ट्रिय ,अन्तर्राष्ट्रिय ,शैक्षिक सवालको बारेमा महत्त्वपूर्ण भनाइ राखेका हुन।
जिल्ला अध्यक्ष बिमल कार्किले पनि विद्यार्थी राजनीति र समयसामयिक बिषयमा आफ्ना भनाइ राखेका हुन।
सम्मेलनमा अध्यक्ष सन्जय राइको अध्यक्षतामा २७ सदस्य चौदन्डिगडी नगरपालिका स्तरीय कमिटी बनेको हो । जस्मा उपाध्यक्ष अनुजा बयलकोटी, हेमराज थापा मगर ,सचीव ज्ञानदिल राई ,कोषध्यक्ष रेनुका खड्का ,स सचिव रिना राई अनिशा राई निर्वाचित भएको हुन ।
प्रथम अधिबेशन अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष बिमल कार्कीको अध्यक्षतामा विद्यार्थी नेता सिताराम राउतले कार्यक्रम संचालन गरेको हुन । केही समय अगाडि अखिल क्रान्तिकारि उदयपुरले त्रियुगा नगर सम्मेलन गरिसकेको हो । भने भदौ २५ सम्म उदयपुर जिल्ला सम्मेलन गर्ने तयारी गरेको बताय जिल्ला अध्यक्ष बिमल कार्किले ।
देशै भरी अखिल क्रान्तिकारीले आफ्नो सङ्ठन बिस्तार अभियानलाई तिब्रताका साथ अगाडि बढाइरहेको छ ।

Exit mobile version