बेलका नगरपालिकाले नगरभरी किषानले उत्पादन गर्ने कृषि उपज सामाग्रीको सहभागीतामुलक गुणस्तर निर्धारण प्रणाली (पि जि एस) लागु गरेको छ।
बेलका नगरपालिकाले कार्यबिधी बनाई पुर्ण रुपमा आर्गानिक कृषि उपज उत्पादन गर्ने किसानलाई हरियो कार्ड र आर्गनिक कृषि उपज उत्पादन गर्न शुरु गर्ने किसानलाई पंहेलो कार्ड प्रदान गरेको छ।
नगरसभा हलमा आयोजना गरिएको पि जि एस सम्बन्धी ३ दिने तालिम समापन गर्दै नगर प्रमुख दुर्गा कुमार थापा, उप प्रमुख राज कुमारी चौधरि र प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले आर्गनिक कृषि सामाग्री उत्पादन गर्ने किसानलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन।
साना किसानले आर्गनिक प्रमाणीकरण गर्न सक्दैनन। आर्गानिक कृषि सामाग्री उत्पादन गरिएका हुन्छन तर प्रमाणिकरण गर्न सक्दैनन त्यसैले समुदाय स्तर बाट सहज र सस्तो रुपमा प्रमाणीकरण गर्न पि जि एस पद्धति सजिलो हुने तालिमका मुख्य प्रसिक्षक सागर जिसिले बताए।
किसानको हकमा निश्चिति मापदण्ड र कार्यबिधी बनाई आर्गनिक प्रमाणपत्र प्रदान गर्ने पहिलो नगरपालिका बेलका नगरपालिका भएकोले कृषिजन्य उत्पादनमा प्रबर्द्धन गर्न सहज हुने बताउदै जिसिले आर्गानिक उत्पादन गर्ने किसानलाई प्रयोगात्मक रुपमा तालिम प्रदान गरेको बताएका छन।
किसानले आर्गानिक उत्पादन गर्ने तर आर्गानिक प्रमाणिकरण नहुने भएकोले बेलका नगरपालिकाले आर्गानिक उत्पादन सम्बन्धी कार्यबिधी, मापदण्ड बनाई आर्गानिक उत्पादन गर्ने किसानलाई पि जि एस सम्बन्धी तालिम आयोजना गरिएको बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले बताए। समुदाय स्तर बाट निर्धारण हुने भएकाले किसानले उत्पादन गरेको सामाग्रीको आर्गानिक प्रमाणिकरण किसान आफैले गर्न सक्ने छन। आर्गानिक उत्पादनलाई बढवा दिन साथै किसानलाई थप आर्गानिक उत्पादनमा लाग्न बेलका नगरपालिकाले बजार , प्राबिधिक लगायतको सहयोग गरेको मेयर थापाले बताए।
कार्यक्रममा उप प्रमुख राज कुमारी चौधरिले तालिम लिने सबै किसानलाई धन्यवाद दिदै आगामी दिनमा सबै किसानलाई आर्गानिक उत्पादनमा लाग्न अनुरोध गर्दै बेलका नगरपालिकाले किसानको हकहितमा काम गर्दै आएको बताउनु भएको छ।
आर्गानिक उत्पादन गर्ने किसानलाई केयर नेपालको प्राबिधिक सहयोग साथै लि वर्ड र राष्ट्रिय कृषक महासंघले सहयोग गरेका छन।
