NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलका नगरपालिका वडा नं १ र २ को प्रशासनिक भवन उद्घाटन

1 Mins read

उदयपुरको बेलका नगरपालिका वडा नं १ र २ को प्रसासनिक भवन सोमबार औपचारिक रुपमा उद्घाटन भएको छ।

बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापा र उप प्रमुख राज कुमारी चौधरिले संयुक्त रुपमा नब निर्मित प्रशासनिक भवन उद्घाटन गरेका छन।

वडा नं १ भालबन्दिमा निर्मित भवन भ्याट र पि एस सहित ४६ लाख २ हजार ७ सय ४२ रुपैयाँ ९४ पैसा शिरसिरे दिमालुंग निर्माण सेवा लाई भवन निर्माण गरे बापत नगर बाट अन्तिम भुक्तानी दिएको छ।
वडा नं २ भागलपुरमा निर्मित एक तले भवन भ्याट बाहेक ३९ लाख १० हजार १ सय ९३ रुपैयाँ ७६ पैसामा श्री पंचमी कन्स्ट्रक्सन एन्ड कम्पनी प्रा लिले निर्माण सम्पन्न गरि नगरपालिकालाई बुझाएको छ।

वडा भवनको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख दुर्गा कुमार थापाले सवैको सहयोग र साझेदारि रहेमा हरेक विकासका कामलाई निरन्तरता र दिगो रुपमा सन्चालन गर्न सकिने बताए। कुनै पनि काम गर्न बेलका नगरपालिकामा पैसाको अभाव हुदैन। हामी निर्वाचित हुदा वैठक बस्ने हल थिएन। बिधालयमा वैठक बस्ने गरेको स्मरण गर्दै मेयर थापाले अहिले सवै वडाको भवन साथै नगरको प्रशासनिक भवन निर्माण भै सकेकोले बेलकाको विकासको जग निर्माण भएको बताए।
स्थानियको सरकोकारको बिषयमा नगर पालिका सधै गम्भीर रहन्छ। वडा नं १ र २ मा पर्ने खहरे खोला नियन्त्रण गर्न डिपि आर बनाई आवस्यक बजेट ब्याबस्थापन गर्न मन्त्रालयमा पेस गरेको छ।सडक कालोपत्रे, ऎन अनुसार जग्गा नापिको कामलाई निरन्तरता दिने मेयर थापाले बताएका छन।

भवन उद्घाटनमा बोल्दै उप प्रमुख राज कुमारी चौधरीले वडा कार्यालय सवैलाई पाएक पर्ने स्थानमा रहेकाले सेवा ग्राहिलाई सहज हुने बताइन। सवै भन्दा कान्छो नगरपालिकाको रुपमा रहेको बेलका नगरपालिकामा बिकासका स्तम्भहरु खडा हुन थालेको छन। भौगोलिक रुपले पहाड तराई रहेकाले सवै क्षेत्रको बिकस निर्माण असहज हुने भएकाले नगरपालिकाले समान ढङ्गले सवै क्षेत्रलाई हेरेको बताईन।

भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले भवनको लागत र डिजाइनको बारेमा बताउदै सेवाग्राहीलाई छिटो छरितो र मुस्कान सहितको सेवा प्रदान गर्न कर्मचारी लाई निर्देशन दिएका छन् ।

सो अवसरमा वडा अध्यक्षहरु दिनेस्वर प्रसाद चौधरि, मिश्रिलाल चौधरी , दिपक दंगाल , मोहन प्रसाद घिमिरे नेकपा एमालेका नगर अध्यक्ष गणेश बस्नेत, नेपाली कांग्रेसका छाया सरकार प्रमुख अशोक कार्की, लगायतले बोलेका थिए ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *