NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

मिस लुमियर नेपाल’टिमलाई सम्मान गर्दै पुनःसंचालनमा आयो धरानको ‘फ्रेन्ड्स गार्डेन’

1 Mins read

इटहरी/ कोरोना महामारीका कारण होटल ब्यवसायले पनि ठूलो क्षती बेहोर्नु पर्यो । महिनौसम्म बन्द भएपछी कतिपय होटलहरु सदाका लागि बन्द भएभने अन्य होटलहरु यतिबेला एकपछि अर्को गर्दै पुनः संचालनमा आउन थालेका छन् । यस्तैमा धरानमा रहेर सेवा प्रदान गर्दै आएको फ्रेन्ड्स गार्डेन होटल पनि पुन: सन्चालनमा आएको छ । पहिलो चरणको लकडाउनले थलापरेको होटल खुलेपनी फेरि दोश्रो चरणको कोरोनाका कारण बिगत ४/५ महिनादेखी बन्द थियो ।

होटल संचालकले सनिवार एक कार्यक्रम गरि फ्रेन्ड्स गार्डेनलाई पुन: संचालनमा ल्याएका हुन । धरानमा भैरहेको ‘मिस लुमियर नेपाल २०२१’ का टिमलाई स्वागत तथा सम्मानको कार्यक्रम आयोजना गर्दै होटललाई पुनः सन्चालनमा ल्याइएको हो । कार्यक्रममा सन्चारकर्मी, इभेन्ट अर्गनाइजर, ताईवान बुद्धिस्ट एसोसिएसन नेपालका प्रतिनिधि तथा समाजसेवी समेत रहेका दिपेन्द्र राज शाक्यको पनि विशेष सहभागीता रहेको थियो । त्यस्तै कार्यक्रममा मिस लुमियर नेपाल २०२१ को आयोजक संस्था ‘एमसी ग्ल्यामर इन्टरटेन्मेन्ट’कि अध्यक्ष सरला श्रेष्ठ र कोरियोग्राफर सिम्रन श्रेष्ठ संगै प्याजेन्टका प्रतिष्पर्धीहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै शाक्यले फ्रेन्ड्स गार्डेनमा आफ्नो पुरानो सम्बन्ध र नबिर्सने सम्झना रहेको भन्दै पुनः सन्चालनमा आएकोमा सुभकामना दिएका छन् । त्यस्तै उनले मिस लुमियर नेपाल २०२१ टिमलाई पनि सफलताको सुभकामना दिएका थिए । पारिवारिक वातावरणमा स्वच्छ र ताजा खाना, खाजा लगायतका पेय पदार्थका आईटमका स्वादहरु लिन सकिने फ्रेन्डस गार्डेन होटलका संचालक शारदा लिम्बुले बताइन् । होटलमा साङितिक कार्यक्रमहरु पनि हुने बताइएको छ । विभिन्न ब्याण्ड तथा गायकहरुको लाईभ प्रस्तुतिले आगन्तुक ग्राहकहरुलाई मनोरञ्जन प्रदान समेत गरिने संचालक लिम्बुले बताइन् । फ्रेन्ड्स गार्डेन धरानको पुतलिलाईनमा बिगत ४ बर्षदेखि निरन्तर संचालनमा रहेको छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *