बेलका,उदयपुर असोज ४/
नेपाल मगर संघ, बेलका नगरले आफ्नो धर्म, संस्कार , संस्कृतिको संरक्षण तथा संवर्धनका लागि १० दिने ‘वापामापा ‘ प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।
बेलका नगर भरी बसोवास गर्ने मगर समुदायलाई लक्षित गरी असोज ४ बाट सुरुवात गरिएको कार्यक्रम १० दिनसम्म चल्ने आयोजक समितीका सदस्य सोम कुमार मगरले बताए।
कार्यक्रमका प्रमुख अतिथी नेपाल मगर बुद्ध सेवा समाज केन्द्रीय सदस्य तथा ‘वापा ‘ टम बहादुर आले मगरले आगामी असोज १४ गतेसम्म बेलकाका ४० बढी मगर समुदायलाई प्रशिक्षीत गर्नु हुने छ।
नेपाल आदिजाती जनजाति महासंघ बेलका नगरका अध्यक्ष ललित राईले बेलकामा मगर समुदायले आफ्नो धर्म ,संस्कार, संस्कृति , भाषाको संरक्षण संबर्धन र बिकासका लागि खेलेको भुमिकाको प्रंशसा गर्दै अझ संगठित भई अगाडी बढ्न भेलामा सहभागि मगर अगुवा नेताहरुलाई आग्रह गरेका छन्।
कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष बसन्त कुमार मगरले मगर समुदायलाई अझै पनि पछाडी परेको र पारिएकोले
सबै मिलेर अगाडी बढ्नु पर्ने बताए।
कार्यक्रममा संदेस मगरले स्वागत मन्तव्य राख्नुका साथै बेलका मगर संघका अध्यक्ष कृष्ण बहादुर पुर्वछाने मगर, लोक बहादुर मगर , जिल्ला सदस्य टिका राना मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम स्याम खपाॉगी मगरको अध्यक्षतामा संचालन भएको हो ।


