उदयपुरको बेलका नगरपालिकाले सामाजिक सेवा दिवसको अबसरमा छात्रालाई साइकल बितरण गरिएको छ । बेलका नगरपालिका वडा नं १ मा पर्ने जनता बेलका माध्यामिक बिधालयका ३० जना छात्राहरुलाई बुधबार औपचारिक कार्यक्रम बिच साईकल वितरण गरिएको हो

शिक्षाप्रति महिलाको आकर्षण बढाउने र छत्राहरुलाई सुबिधा तथा समयको सदुपयोग हुने उदेश्यका साथ छात्रालाई साईकल बितरण गरीएको नगरप्रमुख दुर्गा कुमार थापाले बताउनु भयो । बेलका नगरपालिकाका सवै बिधालय छात्रा मैत्री छन। प्राबिधिक शिक्षामा छात्रा छात्र लाई आकर्षण गर्न नगरपालिका भित्र इन्जिनियरिङ कक्षा सन्चालन भै रहेको र कृषि शिक्षा ल्याउने अन्तिम तयारी रहेको मेयर थापाले बताए।
नगरका सबै माध्यामिक बिधालयमा ईन्टरनेट , इ हाजिरी, सिसि क्यामरा जडान भै सकेको छ। माध्यामिक बिधालयमा पुस्तकालय स्थापना बिज्ञान प्रयोगशाला स्थापना गरिसकेको र बिधालयलाई थप प्रबिधि मैत्री बनाउन नगरपालिका लागि परेको मेयर दुर्गा कुमार थापाले बताए।
कार्यक्रममा नगर उप प्रमुख राज कुमारी चौधरिले बिधालयलाई ब्याबस्तिथ बनाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न समाजका सबै पक्ष लाग्नु पर्ने बताइन। किशोरीहरु लाई बिबिध कारणले बिधालय आउन असहज परिस्थितिमा सबै पक्षको साथ सहयोगमा छात्र छात्रालाई बिधालय आउने बाताबरण बनाउन सबै पक्षलाई अनुरोध गर्नु भएको छ।
कार्यक्रममा १ नं वडा अध्यक्ष दिनेश्वर प्रसाद चौधरीले बिधालयलाई ब्याबस्तिथ बनाउन सबै पक्ष लाग्नु पर्ने बताए। वडा बाट हुने सबै खालका सहयोग उपलब्ध गराई रहेको बताउदै शिक्षामा गुणस्तर वृद्धि गर्न सबैको साथ सहयोग रहनु पर्ने अध्यक्ष चौधरीले बताए।
नगरले टाढा बाट आउने छात्रालाई नगरका विभिन्न बिधालयमा हाल सम्म २ सय ५५ थान साइकल बितरण गरिसकेको छ।
कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत अर्जुन निरौला, बिधालय ब्याबस्थापन समितिका सदस्य, बिद्यार्थी ,अभिभाबक लगायतको उपस्तिथि रहेको थियो।


