NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

तत्कालीन ठोक्सिला गाबिसमा काम गरेका पाँच सचिव विरुद्ध विशेष अदालतमा भस्टचार मुद्दा

1 Mins read

बेलकामा मृत्यु भइसकेका व्यक्तिको नाम समाजिक सुरक्षा भत्ता लिएर खल्तीमा हाल्ने पूर्व पाँच गाविसका सचिवविरुद्ध  मुद्दा दर्ता भएको छ । उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको हाे । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पाँच पूर्व गाविस सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको आरोप छ ।  अख्तियारका अनुसार साविक रामपुर ठोक्सिला गाविसका कर्मचारीहरुले सो गाविसमा विगत ८/१० वर्ष अगाडि नै मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र वनावटी नाममा सामाजिक सुरक्षा भत्ता वापतको रकम निकासा गरी दुरुपयोग गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान भएको थियो ।

साविकको रामपुर ठोक्सिला गाउँ विकास समितिमा आर्थिक वर्ष ०६३/०६४ देखि आव। ०७१/०७२ सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको मृत्यु र मृत्यु दर्ता भएपश्चात निजहरुको नामावली सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा सो कार्य नगरी मृतक लाभग्राहीहरुको नाममा र दोहोरो नामको भरपाईवाटसमेत सामाजिक सुरक्षा भत्ता रु १६ लाख ४० हजार ५ सय हिमामिना गरेको देखिन अख्तरियारको आरोप छ । 

सामाजिक सुरक्षा भत्त खल्तीमा हाल्ने सचिवहरु काे काे हुन् ?

उनिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एबं दफा ३५ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ । मुद्दा दर्ता भएका साविका पाँच सचिवमा रामपुर ठोक्सिलाका गाबिस सचिव आचार्य, तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरुद्ध अख्तियारले आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले गाविसमा सात–आठ वर्षअघि नै मृत्यु भइसकेकाको व्यक्तिका नाममा आर्थिक वर्ष २०६३/०६४ सालदेखि २०७१/०७२ सालसम्ममा बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी अनियमितता गरेको देखिएको छ । 

अख्तियारले तत्कालीन गाविस सचिव आचार्यसँग नौ लाख ९० हजार पाँच सय, लोकेन्द्र कार्कीसँग ७८ हजार, विशाल सुन्दाससँग ८२ हजार, माधवप्रसाद खतिवडासँग तीन लाख १४ हजार र पुष्पराज सिग्देलसँग एक लाख ७६ हजार रुपैयाँ सजायको मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ एवम् दफा ३५ बमोजिम अदालतमा आरोप पत्र दायर गरेको हो ।

तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्य अहिले मालपोत कार्यालय उदयपुरमा, लोकेन्द्र कार्की रौतामाई गाउँपालिका ७ को वडा सचिव पदमा, विशाल सुन्दास तथ्याङ्क कार्यालय उदयपुरमा, माधवप्रसाद खतिवडा रौतामाई गाउँपालिकाको कार्यालयमा शाखा अधिकृतका रूपमा कार्यरत छन् भने पुष्पराज सिग्देलले सेवाबाट अवकाश पाइसकेका छन् ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *