बेलका नगरपालिका अन्तर्गतका बाल विकास तथा विद्यालयका कर्मचारीहरुले तलब भत्ता निकासा नभएको भन्दै आन्दोलन थालेका छन् । बेलका नगरभित्र कार्यरत सम्पूर्ण विद्यालयका कर्मचारी र बाल विकास शिक्षकको तलब भत्ता साउनदेखि लागु हुनेगरी नै बढाइनुपर्ने माग गर्दै आन्दोलनको तयारी गरिएको छ ।
बाल विकास शिक्षक तथा कर्मचारीहरु, प्रतिनिधिले नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएको छ्न ।करिब ६० जना भन्दा धेरैको उपस्थितमा ज्ञापन पत्र बुझाएको वताय संघर्ष समितिका अध्यक्ष नर ब थापाले ।
सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको हकहित तथा सेवा सुरक्षा सम्बन्धमा सर्वोच्च अदालतबाट फैसला भइसके पनि बेलका नगरले लागू नगरेको भन्दै आन्दोलन गर्ने बताय उपाध्यक्ष दिनानाथ सुबेदिले, लेखापालको मासिक तलब १८ हजार ५ सय रुपैयाँ र बाल विकास शिक्षक तथा कार्यालय सहयोगीको तलब १५ हजार रुपैयाँ हुनुपर्ने माग गरे ।
बाल विकासका शिक्षकहरू खानसम्म नपुग्ने गरी मासिक ६ हजार रुपैयाँ तलबमा चित्त बुझाउनु पर्ने अवस्था अन्त्य हुनुपर्ने र सरकारी तहबाट भएको विभेदलाई यथाशीघ्र सच्याउनुपर्ने माग उनीहरुले अघि सारेका छन् ।
बेलका नगरपालिका अन्तर्गत ५४ वटा सामुदायिक विद्यालयमा करिब एक सय बाल विकास शिक्षक कार्यरत छन् ।
सो कार्यक्रम सरकारले आर्थिक वर्ष ०५३÷०५४ मा ल्याएको थियो । यस अवधारणा अन्तर्गत विपन्न वर्गका ३ देखि ५ वर्षसम्मका बालबालिकालाई विद्यालय जान अभिप्रेरित गर्नुका साथै शिक्षामा प्रत्यक्ष आवद्ध हुन नसकेका बालबालिकालाई रेखदेख गर्ने र पाँच वर्षपछि स्कुल जान मानसिक रूपमा तयार पार्ने कामका लागि बाल विकास शिक्षकको अवधारणा आरम्भ भएको थियो ।
चालु आर्थिक वर्षको बजेटमा संघीय सरकारले इसीडी शिक्षक र कर्मचारीको पारिश्रमिक वृद्धि गरेर १५ हजार पुर्याउने घोषणा गरेकाे थियाे । घोषणाअनुसार संघीय सरकारले ८ हजार उपलब्ध गराउने र बाँकी ७ हजार स्थानीय सरकारले व्यहोर्नुपर्ने उल्लेख छ । तर,स्थानीय तहहरूले भने संघीय सरकारले तोके अनुसारको इसीडीशिक्षक र कर्मचारीहरूलाई ७ हजार थपेर पारिश्रमिक उपलब्ध गराउन सकेका छैनन् ।
यसैगरी उदयपुरको रौता गाउँपालिकाले उक्त गाउपालिकाका बाल बिकास तथा कर्मचारीको तलब राज्यले भनेअनुसार बढाएको बताय शिक्षा प्रमुख गोबिन्द कार्किले ।
विद्यार्थीहरुको भबिस्य शिक्षक कर्मचारीको हातमा हुन्छ राज्यले भनेअनुसार शिक्षकले तलब नपाउने हो भने विद्यार्थीहरुले पाउने शिक्षाको आवश्यकता भबिस्यमाथी प्रश्न उठन सक्छ ?


