उदयपुर र सुनसरी जोडने सप्तकोशीको कोसि पुलबाट हामफालेर एक जना बेपत्ता भएका छन् । धरान उपमहानगरपालिका-१५ बस्ने ६४ वर्षिय गजेन्द्र राई आइतबार करिव १ बजेको समयमा बेलका नगरपालिका -८ सप्तकोशीको कोसिपुलबाट हामफालेर बेपत्ता भएका हुन् ।
हाम फालेको व्यक्तिको खोजीको लागि डुङ्गाहरुको सहयोगमा इलाका प्रहरी कार्यालय रामपुर, सशस्त्र प्रहरी बेस रामपुर र स्थानीय परिचालन गरेको छ । अहिले सम्म यश कोसिपुल बाट ३ जनाले हामफालेर मृत्युबरण गरिसकेको छ्न । केहिलाइ मृत्यु हुन बाट जोगाइएको छ ।