Site icon Our Belaka

बेलकामा प्याराग्याईडिङ दुर्घटना हुदा वार्ड अध्यक्ष घाइते

उदयपुरको बेलकामा प्याराग्याईडिङ दुर्घटना हुदा एक जना घाइते भएका छन् । आज (आईतबार) दिउँसो सुनसरीको भेंडेटाँरबाट उडाइएको प्याराग्याईडिङ प्रतिकुल मौसमका कारण बतासिएर सप्तकोशी नदी पार गर्दै उदयपुरमा आएर दुर्घटना भएको हो ।

उडानको समय एक्कासी वर्षासहित आएको हावाहुरीले आकासमा अनियन्त्रित बनाउदै उडाएको थियो । जसमा सवार सुनसरीको धरान उपहानगरपालिका -१ नम्बर वडाध्यक्ष रोशन अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले आवर बेलकालाई जानकारी दिए । प्रवक्ता गौतमका अनुसार ४८ वर्षी जनप्रतिनिधि (वडाध्यक्ष) अधिकारी चढेको प्याराग्याईडिङ उदयपुर बेलका नगरपालिका वडा नम्बर ८ स्थित ‘लाहुँरेको खोज’ परियोजना क्षेत्र नजिकै खसेको थियो ।

वडाध्यक्ष अधिकारीको उद्धार गरी अहिले सुनसरीकै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपाको आकस्मिक कक्षमा उपचार भइरहेको छ । प्याराग्लाईडिङबाट आकासबाट खस्दा थेचारिएर उनको ढाड (मेरुदण्ड)मा असर परेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका हुन । बेला बेलामा उक्तक्षेत्रमा प्यारागलाइडडिङ दुर्घटना हुँदै आएको छ ।

Exit mobile version