NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकामा हानीकारक मिश्रित औषधीहरु बनाएर बिक्री गरेको आरोपमा मेडिकल सन्चालक पक्राउ

1 Mins read

उदयपुरको बेलकामा एक औषधी व्यवसायी पक्राउ परेका छन् । अबैध रुपमा औषधी पसल सञ्चालन गरी स्वास्थ्यका लागि हानीकारक मिश्रित औषधीहरु बनाएर बिक्री गरेको आरोपमा सूर्यमान श्रेष्ठ पक्राउ परेका हुन् ।

उदयपुरको बेलका नगरपालिका वडा नम्बर -५ स्थित ‘सूर्य उपचार क्लिनिक’ घुम्नेका सञ्चालक श्रेष्ठलाई विभिन्न किसिमका औषधीहरुको समिश्रणबाट तयार गरीएको लागू औषध प्रयोगकर्ताहरुलाई बेचबिखन गर्ने गरेको सूचनाको आधारमा उनलाई आइतबार बेलुका ७ः१५ बजे पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी लालबजारको संयुक्त टोलीले बेचबिखन गर्दैगर्दा पक्राउ गरेको थियो ।

उनलाई विभिन्न किसिमका औषधि सहित क्लीनिकबाटै नियन्त्रणमा लिइएको हो । आवश्यक कारवाहीको लागि औषधि ब्यवस्था विभाग शाखा बिराटनगर पठाइएको उदयपुर प्रहरीले जानकारी दिएको छ ।यश अगाडि पनि औसधि मिसायर लागुऔषध बनाउदै गर्दा आम्बासि बाट एक क्लिक पसल सन्चालक पक्राउ परिसकेको छ्न ।बेलकामा केही समय अगाडि बाट अत्यधिक लागुपदर्थ दुर्ब्यसनका कारोबारी बढ्दै गएको देखिन्छ । ब्राउन सुगर देखि गाजा सम्म अहिले प्रयोगकर्ताले प्रयोग गर्ने गरेको जानकारी प्राप्त भएको छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *