बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ बस्ने कृष्ण प्रसाद दाहालको कार दुर्घटना हुँदा मृत्यु भएको छ।
बराहक्षेत्र नगरपालिका ३ स्थित बाङगे बजार नजिकै आफैं अनियन्त्रित भएको कार दुर्घटना हुँदा अन्दाजी ४० वर्षीय कृष्ण प्रसाद दाहाल ( उपेन्द्र ) को मृत्यु भएको इलाका प्रहरी कार्यालय चक्रघट्टीले जानकारी दिएको छ ।
बिहीबार साझ करिब ७:४५ बजे भित्री सडकखण्ड अन्तरगत कालाबन्जरबाट चक्रघटी आउँदै गरेको अन टेष्ट लेखिएको नयाँ कार अनियन्त्रीत भई सडकको दायाँतर्फ पैनिमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका दाहाललाई प्रहरीले उद्धार गरी उपचारार्थ नगर अस्पताल चक्रघट्टी लगिएकोमा रातीको करिब ८:२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय चक्रघटीका प्रमुख प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए । मृतकको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको समेत उनले जानकारी दिए । दाहाल भर्खरै वैदेशिक रोजगार बाट नेपाल आएका थिए भने कार पनि दाहाललेनै चलाएका थिए


