Site icon Our Belaka

५३ किलो गाँजासहित उदयपुरमा एक पक्राउ

उदयपुरको कटारीबाट अवैध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कटारीको नगरपालिका–६ भोर्ले जंगलबाट कटारी नगरपालिका–९ नं. वडा सोरुङछविसेका २० वर्षीय प्रेम परियारलाई तीन बोरा (५३ किलो) गाँजासहित सोमबार विहान ३ः३० बजेको समयमा प्रहरीले प्रक्राउ गरेको हो ।

पक्राउ परेका परियारको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Exit mobile version