NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

नेकपा एमाले बेलकाको अधिबेशन सुरु : अध्यक्षमा को को ?

1 Mins read

नेकपा एमालेको देशव्यापी पालिका अधिवेशन उद्घाटन भएको छ। अध्यक्ष केपी शर्मा ओलीले देशभरीकै ७ सय ५३ वटा पालिकामा एकैसाथ अधिवेशन उद्घाटन गरेका हुन्।
भर्चुअल माध्यमबाट एकैसाथ पालिका अधिवेशन सुरु भएको हो। पार्टी केन्द्रीय कार्यालयबाट ओलीले एकैसाथ अधिवेशन उद्घाटन गरेका हुन्। उदयपुरको बेलका नगरकमिटिको पहिलो नगर उद्घाटन सत्र सकिएको छ । बेलकाको सभाहलमा भएको कार्यक्रममा बेलका १-९ का प्रतिनिधि ,पर्यवेक्षकको उपस्थित रहेको हो । प्रथम नगर अधिबेशनले नया नेतृत्व चयन गर्ने छ नया नेतृत्वको लागि केही नेताको दौडधुप देखिन थालेको चर्चा सुरु भएको छ ,अध्यक्षमा नि:बर्तमान अध्यक्ष गणेश बस्नेत , पुर्व क्षेत्रिय सचिव ढ्क ब बिष्ट , पुर्व जिल्ला सदस्य कृष्ण काफ्ले , वार्ड न -६ का अध्यक्ष वसन्त मगर ,वार्ड न -७ का अध्यक्ष सुरेन्द्र राई लगायत नेताहरुको दौडधुप सुरु भएको हेर्न सकिन्छ भने सचिवको लागि नि:बर्तमान सचिव नुनिराम राई , हिराजङ राई लगायतको चर्चा छ उपाध्यक्षमा महिलाको लागि छुट्याइने बताइएको छ । अन्य पदमा सर्बसहमती हुने बताइएको छ ! प्रमुख पदमा सहमति नभय चुनाव हुने बताइएको छ । चुनावमा गएको खण्डमा गुट ,उपगुट भएर चुनाव हुने छ । बेलका नेकपा एमालेमा अहिले सम्म दुर्गा कुमार थापा गुट, बिमल कार्की गुट, पर्मेस्वर घिमिरे गुट ,इस्वरामणि राउत गुट , कालू लामा गुट ,कुशलबाबू बस्नेत गुट प्रष्ट देख्न सकिन्छ । जहाँ बेलकाको हकमा अन्तिममा दुई गुट भयर चुनाव लड्ने बताइएको छ विशेषश्रोत बाट दुर्गा कुमार थापा ,कालू लामा ,कुशलबाबू बस्नेत एक भयर लड्ने र अर्को टिम इस्वरमणी राउत ,बिमल कार्की ,पर्मेस्वर घिमिरे टिम एक भयर अगाडि बढ्ने छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *