Site icon Our Belaka

खसमाझ टोल स्थानीय बाख्रा स्रोत बिकास समितिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ८ खसमाझ टोलमा सन्चालित खसमाझ टोल स्थानीय बाख्रा स्रोत बिकास समितिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

बाख्रा पालनलाई ब्याबसायिक रुपमा बिकास गर्ने उदेश्यले खसमाझ टोलका १० घर परिवारलाई ब्याबसायिक बाख्रा पालनमा सहभागी गराइएको छ।
१करोड ७० लाखको लागतमा बाख्राको खोर सुधार उन्न्नत जातको बाख्रा खरिद , घाँस काट्ने च्याप कटर, घाँस खाने टाट्नु , बोयर बोका खरिद गरिने छ।

भैगोलिक हिसाबले र घासको राम्रो सम्भावना भएकोले बेलका ८ माझटोलमा नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजनाको ५० प्रतिसत रकम र स्थानिय बाख्रा पालन समुहको ५० प्रतिशत रकम रहेको पशुपंक्षी तथा मत्स्य बिकास शाखाका प्रमुख पुस्प बुढाथोकीले बताए।

बेलका नगरपालिकाको उत्पादनमा हाम्रो साथ, बस्दिन म खाली हात भन्ने नारालाई सार्थकदा दिन अहोरात्र खटिने किसानलाई धन्यवाद दिदै मेयर दुर्गा कुमार थापाले बेलका ८ लाई बाख्राको स्रोत केन्द्रको रुपमा स्थापित गर्ने बताए।
घांसको प्रचुर सम्भावना रहेको बेलका ८ मा उन्नत जातको बोका खरिद गरि बाख्रा पालन लाई आधुनिकीकरण गर्न सबै पक्ष लाग्नु पर्ने देखिन्छ। पर्यटकिय हिसाबले सम्भावना बोकेको माझटोल
क्षेत्रमा सडक, खानेपानी , ब्याबस्था गर्न बेलका नगरपालिका लागि पर्ने मेयर थापाले बताए।
केराको राम्रो उत्पादन हुने क्षेत्र भएकोले यश आर्थिक बर्षमा केराको प्रसोधन केन्द्र स्थापन गर्ने। उन्नत जातको केरा ब्याबसायमा किसानलाई आकर्षित गरि बेलका ८ लाई केराको हबको रुपमा बिकास गर्ने मेयर थापाले बताए।

पशुपालनमा महिलाको आकर्षण रहेकोले महिलाको सहभागितामा संचालित समुहमा बाख्राको स्रोत केन्द्रको रुपमा बिकास गरि सक्षम र सबल समुहको रुपमा बिकास गर्न सबै पक्ष लागि पर्नु पर्ने बेलका नगरपालिका नगर उप प्रमुख राज कुमारी चौधरीले बताइन।

समुहमा समेटिने सबैलाई पारदर्शी हिसाबले कारोबार गरि बेलका नगरपालिकाकै आधुनिक र सबल समुहको रुपमा स्थापित गर्न बेलका नगरपालिका वडा नं ८ का वडा अध्यक्ष जय कुमार राईले सबै पशु पालक किसानलाई अनुरोध गरेका छन।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानिय राजनैतिक पार्टिका प्रतिनिधि र स्थानिय बासिको उपस्तिथि रहेको थियो।

Exit mobile version