NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

नव सार्वजनिक यूवा क्लबको देउसी भैलो कार्यक्रम सम्पन्न

1 Mins read

कृष्णमान चौधरी,बेलका/
नव सार्वजनिक यूवा क्लबले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ। हरेक बर्ष झै यो बर्ष पनि क्लबले मनाउदै आइरहेको देउसी भैलो कार्यक्रम कार्तिक २१ गते आइतबारका दिन सम्पन्न गरेको छ।

नव सार्वजनिक यूवा क्लबले तिहारलाई लक्षित गरि नाचगान,नाटक र हास्यब्यङ्गय सबै बिधालाइ समेट्दै देश तथा बिदेशमा बस्नुहुने साथिभाइ , दिदी बहिनी हरुको आगमन हुने भएकाले यश क्लबले लामो समयदेखी नै यो कार्यक्रम लाई निरन्तरता दिदै आएको क्लबका अध्यक्ष अनिल कुमार चौधरीले जानकारी दिनुभयो।

साना साना गाउका भाइ बहिनीहरुलाइ नाचगान तर्फ अग्रसर गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको , तिहारमा देउसी भैलो खेल्दा रमाइलो हुने र क्लबको आम्दानीको मूख्य आर्थिक स्रोत देउसी भैलो रहेको क्लबका सल्लाहकार हरि नारायण चौधरीले जानकारी दिए।

हाल नव सार्वजनिक यूवा क्लबमा बिवाह,ब्रतबन्ध,जन्मोत्सव,बनभोज जस्ता कार्यक्रममा आबश्यक पर्ने टेण्ट ,टेबल,कुर्सी,साउन्ड सिस्ट्म ,भाडाकुडा लगायतका सम्पूर्ण सामानहरु यश क्लबमा उपलब्ध रहेको र सो सामानरु क्लबका सदस्यता लिएका घरपरिवार लाई ५०% छुटमा सर समानहरु उपलब्ध गराउदै आएको क्लबका सदस्य नवीन कुमार चौधरीले जानकारी दिए।

देउसी भैलो तथा स्टेज कार्यक्रम संचालन क्लबका सचिब कृष्णमान चौधरी गरेका थिए।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *