Site icon Our Belaka

रसुवाको कालिका गाउँपालिका -५ जिबजिबेमा वडा कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) ले रसुवा जिल्लाको कालिका गाउँपालिका -५ स्थित जिबजिबेमा आज वडा कमिटी गठन गरिएकाे छ।

आजबाट नेकपा माओवादी केन्द्रले देशभर वडा सम्मेलन सुरु गर्ने भएको छ। ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ नाराका साथ माओवादीले वडा सम्मेलन गर्न लागेको माओवादीले जनाएको छ।

माओवादी केन्द्र रसुवाका गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद देवकोटाकाे प्रमुख आतिथ्यमा सम्पन्न भेलाले मेघनाथ लामिछानेकाे अध्यक्षतामा-२९ सदस्यीय वडा कमिटी गठन गरेकाे छ। वडा कमिटीकाे उपाध्यक्षमा अण प्रसाद लामिछाने ,सचिवमा शकर देवकोटा सह सचिवमा केदार देवकोटा चयन भएका छन्। वडा सम्मेलन बाट आउनु हुने नया नेतृत्वले नया आयम सगै जनता को मन जित्ने गरि बिकास निर्माण मा सहभागी हुने मा बिस्वस्निय माओवादी केन्द्र पार्टी रसुवाका नेता नेत्रा प्रसाद लामिछाने ले जानकारी दिए।

कार्यक्रममा माओवादी केन्द्र का नेता नेत्र लामिछाने अर्जुन प्रसाद लामिछाने , पुर्ण देवकोटा ,बिद्यार्थी नेता डोलनाथ लामिछाने सीता पौडेल लगाएतकाे स्थानीयबासीको उपस्थितमा सप्पन्न भएको छ ।

Exit mobile version