Site icon Our Belaka

समाज लाई सुरक्षित अवतरण गराउन नयाँ बहस गरौं – रमेस लामिछाने

आदरणीय साथी हरु,दक्षिण एसिया र हाम्रो नेपाल मा ठुलो ठुलो राजनीतिक ,आर्थिक क्रान्ति र परिवर्तनहरु भए।, र ती क्रान्तिले विभेद र उत्पीडन मुक्त देश र समृद्ध नेपाल को जग निर्माण गर्नेछ, भनेर कयौं उत्पीडित जाती,भाषा,धर्म,लिङ्गका नेपाली हरुले आफ्नो प्रण को आहुती पनि दिए।

तर पनि हाम्रो समाज आज पनि बिभिन्न खालका विभेद सङ जुधिराखेको छ।हाम्रो देश भन्दा गरिब देश हरु,दक्षिण कोरिया,चाइना,सिङापुर लगाएतका देश जो आर्थिक दृस्ठिकोण ले उस्तै र एउटाै हाम्रो जस्तै समयमा ,हामी भन्दा निक्कै कम्जोर थिए ।उनिहरु आज आफ्ना सबै आबश्यकता पूरा गरेर चन्द्रमा र विभिन्न पिंड हरुमा पुगेर अनुसन्धान गरि रहेका छ्न।

हाम्रो समाज आज पनि गरिबी,विभेद,छुवाचुत,जातिय,छेत्रीय,लैगिक,र विभिन्न पहिचान जनित विषय सङ्ग जुधिराखेको छ।

गरिबी बाट विकसित हुन सफल भएका देश र हाम्रो समाज के कुरा मा भिन्न छ? भनेर हेर्ने हो भने त्यो हो, बर्णब्यबस्था मा अधारित,छुवाछुत र विभेद सहित को जात ब्यबस्था जुन बिकसित भैसकेका मुलुक मा थिएनन।

हामिले ठुलो क्रान्ति हरु गरेपछी पनि समृद्धि नेपाल बनाउन न सक्नुको मुख्य कारण भनेको जात ब्यबस्था मा अधारित बर्ण ब्यबस्था नै हो।हामी जात ब्यबस्था ले सिर्जना गरेका विभिन्न समस्या हरु लाई समाधान गर्न मा नै ब्यस्त भयौ।
समस्या उत्पन्न गर्ने जात ब्यबस्था हो। यस्लाइ नै जरैदेखी उखेलेर न फ्याक्ने हो भने हाम्रो समाज को बहुसंख्यक सृजनसिल, श्रमिक को ठुलो हिस्सा,जस्ले बिकाशका ठुलो ठुलो मुहान फुटाउन सक्छ्न,उनिहरु जात ब्यबस्थाले निर्मित गरेको समस्या सङग नै जुध्न ब्यस्त रहने छन। यस्को सबै फाइदा सम्राज्यबादी पुजिपतिहरुले लिइराख्ने छन,किन भने हामी विभिन्न विभेद सङग लड्न ब्यस्त छौ।,उत्पादन छैन,अनि हामिलाइ बजारको रुप मा उस्को माल बेच्न प्रयोग गरिरहेका छन।

तेसोभएको ले नेपाल को सबै राजनीतिक पार्टीका सथीहरु, युवा,बुद्धिजिवि बिध्यार्थी सबै ले यस्लाइ बहस को विषय बनाउन आबश्यक छ।

तापाइ हाम्रो समस्या अरु कसै ले समाधान गरिदिदैन यो समस्या सबै नेपाली को हो कुनै जात विशेष को मात्र हैन।

रमेस लामिछाने
बेलाका नगरपालिका,उदयपुर , नेपाल

Exit mobile version