NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

कोशी जनता मा.वि रामपुरको दुई तला रहेको चार कोठे पक्कि भवन उद्घाटन

1 Mins read

श्री कोशी जनता मा.वि रामपुरले दुई तला रहेको चार कोठे पक्कि भवन,पुस्तकालय,बिज्ञान ल्याब,ICT ल्याब र कम्प्युटर ल्याबको एकैसाथ उद्घाटन गरेको छ।

एकैसाथ सम्पुर्ण उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले गर्नुभएको हो।

भवन निर्माण,पुस्तकालय र बिज्ञान प्रयोगशालाका निम्ति बेलका नगर सरकार र कम्प्युटर ल्याब ICT ल्याबको निम्ति सामाजिक बिकास मन्त्रालयले आर्थिक गरेको थियो भने अपुग रकम बिधालय आफैले लगानी गरेको हो।

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतले कार्यक्रममा बिधालयको प्रगति विवरण प्रस्तुत गर्दै भावी कार्ययोजनाहरुका बारेमा पनि बताउनु भयो।

उक्त कार्यक्रममा दातृ निकाय तथा ब्यक्तिहरु,लामो समय देखि अध्यापन गराउदै आएका शिक्षक शिक्षिकाहरुलाइ सम्मान गर्दै कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुलाइ स्वागत गरि १२ पास गरेर जाने बिद्यार्थीहरुलाइ बिदाइ समेत गरेको थियो। विभिन्न खेलकुदमा बिजय भएका बिद्यार्थी खेलाडिहरुलाइ बिधालयले सम्मान गर्दै मेडल समेत प्रदान गरेको थियो।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *