नेपाली कांग्रेसका सक्रिय क्रियाशील नेता जय सुवेदीलाई पत्नी शोक परेको छ ।
बेलका नगरपालिका वडा नंं ९ रामपुरका नेता सुवेदीका ५६ वर्षीय श्रीमती कमला सुबेदिको मंगलबार दिउँसो निधन भएको हो ।
विहानसम्म स्वस्थ्य रहेकी कमला सुबेदिको ह्रदयघाँतका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
विहान अचानक अचेत अवस्थामा ओछ्यानमै भेटिएकी कमलालाई उपचारको लागि धरान घोपा क्याम्प पुर्याय लगत्तै चिकित्सकले मृत घोषणा गरेको स्रोतले जनाएको छ ।
एक छोरा र दुई छोरीकी आमा कमलाको मंगलबारै हिन्दु परम्परा अनुसार अन्त्योष्ठि गरिएको छ । विभिन्न सामाजिक कार्यमा आवद्ध कमला सुबेदिको मृत्युको खबरले सामाजिक सन्जालमा दुख व्यक्त गर्नेको लर्को लागिरहेको छ । मृत्यु भएकि सुवेदी बेलकामा रहेको महिला साना किसान कृषि सहकारीको अध्यक्ष समेत थिइन ।


