NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

पत्रकार बिज्ञान पराजुलीको सहयोगमा मृगौलापीडित राईलाई आर्थिक सहयोग

1 Mins read

उदयपुर । उदयपुर बेल्टारका पत्रकार जिवन राईका मृगौला पिडित १९ बर्षिय छोरा सिभिल डिप्लोमा अध्यान गर्दै गरेका विद्यार्थी निसान राईका लागि बिज्ञान पराजुलीको पहलमा आर्थिक सहयोग जुटेको छ । पराजुलीको पहलमा राईलाई अमेरीका बाट २१ हजार बढी आर्थिक सहयोग जुटेको हो । अमेरीकामा रहेका आफ्नो नेपाली साथीहरु काठमाण्डौँका बिष्णु गरिले ३१ डलर, पोखराका किसा थापाले ३० डलर, बुटवलको राजकाजी कालीकोटेले ५० डलर र उदयपुरका हस्त श्रेष्ठले ७० डलर गरी २१ हजार ७ सय सहयोग गरेको छ । उनिहरु हाल सबै जना अमेरिका बसोबास गर्ने नेपालीहरु हुन ।

पत्रकार समेत रहेका पराजुलीले पनि १ हजार सहयोग गरेको छ । उनि हाल काठमाण्डौँमा बसोवास गर्दै आईरहेका छन । निसान बचाउन आफ्नो तर्फ बाट साथिहरुलाई सहयोग मागी बिरामी सम्म सहयोग पुराउने कोशिस गरेको पराजुलीले बताए ।

उनले अमेरिकामा रहेको आफ्नो साथिहरुलाई सहयोग मागी रकम जुटाएर बिरामीको परिवारलाई जिम्मा लगाएको बताए । पराजुलीले सहयोगी सम्पूर्ण साथिहरुलाई सहयोगको लागि धन्यवाद समेत व्यक्त गरे । पराजुलीका अनुसार निसानको लागि अझै थप सहयोग आउने समेत जनाए । निसानको लागि जापान बाट समेत सहयोगहरु जुटाउने काम भईरहेको पराजुलीले जनाएको छ ।

निसानको बिराटनगरमा केहि समय देखी हस्पिटलमा राखेर उपचारको काम भईरहेको छ । टाउकोको समस्याले काठमाण्डौँ लगेर घर पर्काउने बित्तिकै निसानलाई मृगौलामा समस्या देखिएको थियो । त्यसपश्चा उनलाई ९५ प्रतिशत मृगौलाको उपचार गर्नु पर्ने हस्पिटलले जनाएको थियो ।

मृगौला ट्रिटमेन गर्न ठुलो रकम लाग्ने भएपछि परिवारले धान्न नसक्ने भन्दै सबै क्षेत्रमा आवद्ध व्यक्ति, व्यपारी, कर्मचारी, संघसस्था र देश विदेशमा रहेका नेपालीहरु सँग आर्थिक सहयोगको लागि अनुरोध गरेका थिए । मृगौला पिपिडत निसान उदयपुर बेल्टारका पत्रकार जिवन राईका छोरा हुन । पत्रकार राईले छोरा बचाईदिन सबै सँग अनुरोध गर्दै आर्थिक सहयोगको लागि अपिल गरेको थियो ।

हाल निसानलाई बिभिन्न व्यक्ति संघसस्थ, देश विदेशमा रहेका नेपाली तथा अन्य निकायहरुले सहयोग गरिरहेको जनाएको छ । खर्च सम्भव भए उपचार सम्भव हुने र विरामीलाई बचाउन सकिने हस्पिटलले अश्वासन दिए सँगै परिवार आर्थिको खोजिमा लागि परेको थियो । ५ लाख बढी पारिवारिक श्रोतले उपचार सुरु गराको निसानलाई थप उपचारका लागि मोटो रकम लाग्ने हस्पिटलले बताए सँगै थप उपचारमा सहयोगका लागि सबै सँग आर्थिकको लागि अपिल गरेका थिए ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *