NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

राजनीतिक प्रतिबेदनमा प्रचण्डले आत्मसमिक्षा गरेको ३ बिषय

1 Mins read

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले मुख्य रूपमा ३ वटा गल्ती गरेको उल्लेख गरेका छन्। माओवादी केन्द्रको महाधिवेशनको बन्दसत्रमा पेस गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डले आफ्नो आत्मसमीक्षा गरेका छन्।

प्रचण्डले पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि मुखमा चुनाव मनमा विद्रोहको नीति लिनुलाई पहिलो गल्ती भनेका छन्। उनले प्रतिवेदनमा भनेका छन्, ‘विद्रोहको कुरै गर्नु हुँदैनथ्यो, त्यहाँ गल्ती भयो।’

प्रचण्डले सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नुलाई पनि आफ्नो गल्ती औंल्याएका छन्। ‘सेना समायोजनका बेला पर्सनल बिजनेस डिलजस्तो गरियो, केन्द्रीय समितिको म्याण्डेट पनि लिइएन, पार्टीमा छलफल पनि गरिएन, यो गल्ती भयो’ उनले भनेका छन्।

प्रचण्डले प्रचण्डपथलाई हठात् स्थगित गर्नुलाई पनि गल्ती भनेका छन्। ‘यसबारे पार्टीको कुनै तहमा छलफल पनि भएन, कि प्रचण्डपथ विचार नै होइन भन्नुपर्थ्यो, विचार थियो भने (यसलाई स्थगित गर्नेबारे) छलफल गर्नुपर्थ्यो’ उनले भनेका छन्।

तर उनले यसको अर्थ प्रचण्डपथ पुनर्स्थापित गर्नुपर्छ भन्ने नभएको पनि प्रष्टीकरण दिए। ‘यो सन्दर्भ सामग्री मात्र भयो, यसलाई संश्लेषण गरेर अगाडि बढ्ने हो’ प्रचण्डले भने।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *