NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

स्वदेशमै रोजगार सिर्जना गर्न प्रचण्डका १० योजना

1 Mins read

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेशमा नै युवाहरूलाई रोजगारीको वातावरण बनाउन सरकारी नीति नै बाधक भएको बताएका छन्। देशमा उत्पादन र विकास निर्माणको प्रचुर सम्भावना भए पनि राज्यको गलत नीतिका कारण अहिले लाखौँ युवा विदेश जान बाध्य भएको उनको भनाइ छ।

पार्टीको ८ औं महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले देशमा नै युवाहरूलाई रोजगारी सिर्जना गराउन र उनीहरूलाई राष्ट्रिय महाअभियानमा जोड्नुपर्नेमा जोड दिए। जसका लागि पालिका, जिल्ला, प्रदेश र केन्द्रीय सरकारले आफ्नो नीतिमा परिमार्जन गर्दै समन्वयात्मक भूमिका खेल्नुपर्ने बताएका छन्। यस्ता छन् प्रचण्डले अघि सारेका योजना :

१)हरेक पालिकामा कम्तीमा ५० जना व्यक्ति संलग्न गरी अनिवार्य एक कृषि उद्यम ६ महिनाभित्र स्थापना गर्ने।
२)स्थानीय बजारलाई ध्यानमा राख्दै खाद्यान्न, तरकारी, नगदेवाली लागतका बजार सुहाउने उत्पादनमा जोड दिने।
३)ठूलो परिणाममा काम गर्न दुई वा दुई भन्दा बढी पालिकाले त्यस्ता उद्योग व्यवसाय सञ्चालन गर्ने।
४)जिल्ला तहमा पालिका स्तरका उद्यमीबिच समन्वय गराउने र बजार व्यवस्थामा सहयोग गर्ने।
५)जिल्ला स्तरबाट प्राविधिक सहयोगको व्यवस्था गर्ने।
६)पूर्वाधार निर्माणमा पालिका, जिल्ला र प्रदेशहरूको समन्वय गर्ने।
७)प्रदेशले जिल्लाबाट अनुरोध भएका क्षेत्रमा प्राविधिक सहयोग गर्ने अन्तर जिल्ला समन्वय गर्ने गराउने।
८)प्रदेशले प्रदेश कम्तीमा १०० जनालाई रोजगारी दिन गरी उद्योग स्थापना गर्ने।
९)केन्द्रमा केन्द्रीयस्तरको प्रशिक्षण केन्द्र बजार व्यवस्था र उद्योग व्यवसाय पहिचान गर्ने।
१०)पार्टीका हरेक कार्यकर्ताले वर्षमा कम्तीमा एक पटक स्थानीय जनसमुदायसँग बसेर काम गर्ने।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *