NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

ओमिक्रोनको नयाँ लक्षण : ऱ्यासेज आउनु र चिलाउनु

1 Mins read

ओमिक्रोनको नयाँ लक्षण : छालामा ऱ्यासेज आउनु र चिलाउनु
अहिलेसम्म ओमिक्रोनको विषयमा गरिएका विभिन्न अनुसन्धानहरु बाहिरिएका छन् । पछिल्लो समय फेरि वैज्ञानिकहरुले यसको लक्षणलाई लिएर गरेको अर्को अनुसन्धान बाहिरिएको छ । लण्डनको किंग्स कलेज र स्वास्थ्य विज्ञान कम्पनी (ZOE) का विशेषज्ञका अनुसार यदि बिरामीको छालामा असामान्य प्रकृतिको र्यासेज आउने र चिलाउने समस्या आयो भने यो ओमिक्रोन हुनसक्छ । यसका लागि छालामा आउने परिवर्तनलाई ध्यान दिनुपर्छ । 
सेतो र्यासेज 
अनुसन्धानका अनुसार छालामा अचानक आउने र्यासेजले निकै धेरै चिलाउने समस्या आउँछ । यो केही समयमा नै आफै हराएर जान्छ । यो शरीरको कुनै पनि भागमा आउन सक्छ । यो सामान्यतयाः एलर्जी भएको समयमा हुने गर्छ तर, यो ओमिक्रोनको लक्षण पनि हुन सक्छ । 
घमौरा र ठेउला जस्ता लक्षण 
यो धेरैजसो कुहिँना, घुँडा, हात र गोडामा देखिन्छ । सानो तर रातो रङको स–साना दाना जस्ता चिलाउने बिबिरा आउँछन् । यसले एक हप्तासम्म दुख दिन्छ ।
चिल्ब्लेन 
चिसो मौसममा अत्यधिक चिसोले हातगोडा सुन्निने र रातो रगत जमेजस्तो हुने समस्या हुने गर्छ । तर अनुसन्धानले यो ओमिक्रोन हुँदा हुने लक्षण पनि भएको बताएको छ । यसमा चिलाउने र सुन्निने पनि गर्छ । केहीमा यो लक्षण संक्रमण सुरु भएपछि देखिन्छ । 

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *